निजी–सरकारी सहकार्यमा जोड
साझा बिसौनी संवाददाता
सुर्खेत, ७ कार्तिक ।
कर्णालीको पर्यटन विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बताएका छन् । बुधवार सुर्खेतको वीरेन्द्रनगरमा होटल बुलबुले भ्यूको उद्घाटन गर्दै मन्त्री बुढाले यस्तो बताएका हुन् ।
पर्यटन प्रवद्र्धनको लक्ष्य प्राप्त गर्न निजी क्षेत्रको सक्रियता पनि जरुरी रहेको उनले बताए । मन्त्री बुढाले कर्णाली प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय र सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्बद्र्धन गर्न सकेको खण्डमा पर्यटनको क्षेत्रमा उल्लेख्य उपलब्धि प्राप्त हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘सरकार एक्लैले सफलता प्राप्त गर्न नसक्ने भएकोले निजी क्षेत्रबाट पनि व्यावसायिक रूपमा सबैले हातेमालो गर्न जरुरी छ ।’ निजी क्षेत्रबाट गरिएको लगानीको सुरक्षा राज्यले गर्नुपर्ने बताउँदै मन्त्री बुढाले थपे, ‘होटल व्यवसाय सञ्चालनको लागि प्रदेश सरकारले नियमावली
नै तयार गरेर लगानीकर्ताहरूलाई सहज वातावरणको सिर्जना गर्दैछौं, त्यसैले ढुक्क भएर व्यवसायमा लाग्नुहोस् ।’ उनले पर्यटन विकासमा होटल व्यवसायको भूमिका पनि महŒवपूर्ण हुने बताए ।
होटल बुलबुले भ्यूका म्यानेजिङ डाइरेक्टर जनकसिंह ठकुरीले तीन करोड ८५ लाखको लागतमा होटल सञ्चालनमा आएको बताए । उनले कर्णालीको पर्यटन प्रवद्र्धनको लागि होटेलमा लगानी गरेको जिकिरसमेत गरे । ठकुरीले पाटनमा चरेका भेडा, च्याङ्ग्राको मासु, मार्सी धानको भात, सिस्नो र ढिडोका परिकारहरू खुवाउने बताए । मानव स्वास्थ्यलाई ख्याल गरेर विषादीरहित अर्गानिक खाना खुवाउने योजनाका साथ होटलको सुरुवात गरेको उनको भनाइ थियो ।
सिंहले भने, ‘बुलबुले उद्यानको प्रवेशद्वारमा रहेको यस होटलले सुर्खेत लगायत कर्णाली प्रदेशमै पर्यटन प्रवद्र्धन गर्नेछौं भन्ने विश्वास लिएका छौं । हामीले व्यापारिक धर्म निर्वाह गर्दै ग्राहकहरूको सेवा, सुविधा र सन्तुष्टीलाई विशेष ध्यान दिने बाचा गर्दछौं ।’ होटल उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो भने होटलमा बास बस्न आएका विदेशी पाहुनाहरूलाई स्वागत गरिएको थियो । उद्घाटन कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
साझा बिसौनी ।