आंशिक प्राध्यापक संघ गठन


साझा बिसौनी संवाददाता
सुर्खेत, २२ चैत ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयमा आंशिक प्राध्यापक संघ गठन गरिएको छ । गणेश आचार्यको अध्यक्षतामा गठन गरिएको समितिमा उपाध्यक्ष सुशील कार्की, सचिव दीपककुमार आचार्य, कोषाध्यक्ष शारदा शाही र सहसचिवमा बसन्त रेग्मी चयन भएका छन् ।
यस्तै सदस्यहरूमा डिल्लीकुमारी फौजा, तीर्थबहादुर चलाउने, दिनेश कँडेल, त्रिभुवन बिसी, पूर्ण भण्डारी, शिवराज घिमिरे, टेकराज सुवेदी, गोविन्द केसी, डा. सुशील शाही, छविलाल बोहोरा र वितिहोत्र वशिष्ठ रहेका छन् ।
संघले यही चैत १९ गते प्रकाशित  विश्वविद्यालयको करार विज्ञापनको कार्यविधि स्पष्ट नभएकोले करार सेवाको आधारहरूसहित कार्यविधि बनाएर पुनः विज्ञापन खोल्नुपर्ने माग गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मितिः   २३ चैत्र २०७२, मंगलवार ०५:१०