३४ करोड निक्षेप संकलन

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ असोज ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–४, सुर्खेतले एक वर्षमा ३४ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा सहकारीले ३० करोड ४७ लाख ३२ हजार निक्षेप संकलनको लक्ष्य राखेकोमा ३४ करोड १२ लाख २६ हजार रूपैयाँ संकलन भएको जनाइएको छ ।
संस्थाको शनिवार वीरेन्द्रनगरमा सम्पन्न २० औं वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार संस्थागतको कूल पूँजीमा पनि एक सय नौ प्रतिशतले वृद्धि भइ ४१ करोड ८७ लाख ५० हजार पुगेको छ । जसमा शेयर पूँजी तीन करोड दश लाख ३१ हजार छ भने ३० करोड ६८ लाख ६ हजार रूपैयाँ ऋणमा लगानी भएको सहकारीले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा ऋण लगानी, बैंकबाट प्राप्त ब्याज, शेयर लगानी, बचतको विलम्ब शुल्क लगायत विभिन्न शीर्षक अन्तर्गत जम्मा चार करोड १६ लाख ४० हजार रूपैयाँ आम्दानी भएको छ ।
सहकारीले चालु आर्थिक वर्ष २०७५÷०७५ मा कूल पूँजी ५१ करोड एक लाख ५१ हजार पु¥याउने लक्ष्य राखेको छ भने बचततर्फ ३८ करोड ७६ लाख ८१ हजार पु¥याउने अनुमान गरिएको छ । शेयर पूँजीमा पनि वृद्धि गरेर चार करोड ६८ लाख ११ हजार ११ हजारले वृद्धि गर्ने लक्ष्य संस्थाले लिएको छ ।
शनिवार वीरेन्द्रनगरमा सम्पन्न साधारणसभाको उद्घाटन गर्दै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्नका लागि सहकारी महŒवपूर्ण हतियार भएको बताए । उनले भने ‘हामी कर्णाली प्रदेशमा सहकारीमैत्री ऐन निर्माणका चरणमा छौं ।
सरकारको तीन खम्बे अर्थनीति अनुसार निजी–सहकारी–सरकारी मोडल सफल भएको छ । अब सहकारीले बचत तथा ऋण मात्रै होइन उत्पादनमा जुट्नुपर्छ ।’ धेरै सहकारीहरू मिलेर ठूला–ठूला उद्योग, कलकारखाना स्थापना गरी सञ्चालनमार्फत् कर्णालीको समृद्धिको सपना साकार हुने सभामुख शाहीले बताए । कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य नवराज रावत, प्रदेशसभा सदस्य यामलाल कँडेल, राजु नेपाली लगायतले सहकारी संस्थाहरूले उत्पादनमूलक उद्योगमा लगानी गर्नुपर्ने सुझाव दिएका थिए ।
संस्थाका अध्यक्ष हरिहरनाथ योगीले एनड्रोइड मोबाइलबाट जनहितकारी एप्स प्रयोग गरी रकम स्थानान्तरण, आफ्नो कारोबारको विस्तृत विवरण हेर्न, मोबाइल रिचार्ज गर्न, टेलिफोन, डिस होम र बिजुली–पानीको बिल भुक्तानी गर्न सकिने सुविधा प्रदान गरिरहेको जानकारी दिए । संस्थाका कोषाध्यक्ष नवराज कँडेलले गत आर्थिक वर्षको आय–व्यय विवरण र चालु आर्थिक वर्षको प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ऋण उपसमिति संयोजक कृष्णप्रसाद गौतम, शिक्षा उप–समितिको प्रतिवेदन बाग्मती गुरुङ, बालहित संरक्षण उप–समितिको प्रतिवेदन रामचन्द्र गौतम, ज्येष्ठ नागरिक सहयोग उपसमितिको प्रतिवेदन राधा कार्की, युवा परिचालन उप–समितिका संयोजक शेरबहादुर केसी, लेखा सुपरीवेक्षण समितिका संयोजक रुद्रबहादुर खत्रीले आ–आफ्नो उप–समितिको प्रतिवेदन पेश गरेका थिए ।

प्रकाशित मितिः   २८ आश्विन २०७५, आईतवार १६:००