साना किसानको साधारणसभा

सुर्खेत, २७ असोज । (साबिस)
साना किसान कृषि सहकारी संस्था लिमिटेड लाटीकोइलीको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नरेन्द्रनाथ योगीको अध्यक्षता एवम् नेपाल कृषि सहकारी संघ तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका केन्द्रीय अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्यतामा शनिवार सभा सम्पन्न भएको हो ।
संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा ३५ करोड ७२ लाख ४० रूपैयाँ बराबरको कारोबार गरेको छ भने आर्थिक वर्ष २०७५÷०७६ का लागि ४५ करोड २० लाख बराबरको बजेट प्रस्ताव गरिएको छ । संस्थाका कोषाध्यक्ष शान्तिकुमारी सिंहले आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक मिलन श्रेष्ठले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा वीरेन्द्रनगर–९ का वडा अध्यक्ष सुरेश मानन्धर, नेपाल कृषि सहकारी संघका कर्णाली प्रदेश संयोजक शेरबहादुर परियार लगायतको सहभागिता रहेको थियो । साधारणसभामा उत्कृष्ट शेयर खरिदकर्ता शान्ता ढकाल, जगतकुमारी बुढा उत्कृष्ट बचतकर्तातर्फ रुद्रा खनाल, लक्ष्मी रावल, असल ऋणी तारा चौधरी र पञ्च महतारा लगायतलाई पुरस्कृतसमेत गरिएको थियो ।