बौद्ध यातायातमा गुरुङ

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ असोज ।
बौद्ध यातायात व्यवसायी संघ सुर्खेतको अध्यक्षमा कमल गुरुङ चयन भएका छन् । संघको शनिवार सम्पन्न १० औं साधारणसभा तथा चौथो अधिवेशनले गुरुङको नेतृत्वमा नौ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भिमकुमार खत्री (राहुल), सचिवमा राजकुमार खड्का, कोषाध्यक्षमा प्रेमबहादुर महतारा, सह–सचिवमा दुर्गाबहादुर बुढा र सदस्यहरूमा प्रेम बुढा, भीमबहादुर बुढा, चिरञ्जीवि बुढा र देवबहादुर रोकाय चयन भएका छन् ।
निवर्तमान अध्यक्ष जवानसिंह बुढाको अध्यक्षतामा भएको सभामा कर्णाली प्रदेश संयुक्त यातायात व्यवसायी समन्वय समितिका अध्यक्ष प्रकाश अधिकारी, नेपाल ट्रक यातायात व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य रमेशकुमार थानी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष नवराज गुरुङ, मप ट्रक तथा ट्रेक्टर व्यवसायी संघ सुर्खेतका सदस्य नवराज ढकाल, वरिष्ठ सल्लाहकार मदनबहादुर खड्का, दानबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।