कृषिमा लगानी बढाउन माग

सुर्खेत, २७ असोज । (साबिस)
कृषि क्षेत्रमा सोचे अनुरूप लगानी हुन नसकेको सुर्खेतका किसानहरूले गुनासो गरेका छन् । जनमुखी कृषि तथा पशुपालन सहकारी संस्थाको सातौं वार्षिक साधारण सभामा उपस्थित कृषकहरूले कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा जिल्ला कृषि सहकारी संघ सुर्खेतका अध्यक्ष पञ्चकला रावतले सुर्खेतमा शितभण्डार निर्माण हुन लागेको भन्दै अब कृषहरूका समस्या समाधान हुने बताइन् । जिल्ला सहकारी संघका प्रबन्धक ढाकाराम न्यौपानेले सहकारी क्षेत्रमा लागेर नै कृषकहरूले प्रगति गर्नसक्ने भएकाले यसतर्फ लाग्न कृषकहरूलाई आव्हान गरे । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर१० का अध्यक्ष रत्नबहादुर बुढाले आफूले कृषककै लागि भनेर धेरै बजेट छुट्याएको भन्दै कृषि सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिरहेको जानकारी दिए ।
संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा १० करोड २९ लाख ९३ हजार बराबरको कारोबार गरेको छ भने चालु आर्थिक वर्ष २०७५÷०७६ मा साढे १३ करोड पु¥याउने लक्ष्य राखेको छ ।
यसैबीच संस्थाको सातौं वार्षिक साधारणसभाले बिन्द्राकुमारी थापाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा विन्दु थरुनी, सचिवमा शेरबहादुर खड्का, कोषाध्यक्षमा यज्ञबहादुर खड्का चयन भएका छन् । सदस्यमा गौरी दाहाल, उमा वंशी, निशा वली, सिर्जना विक, अञ्जु मिमाल रहेका छन् । यस्तै संस्थाको लेखा सुपरीवेक्षण संयोजकमा मधुवन बिसीलाई चयन गरिएको छ । जसको सदस्यमा दीपा भण्डारी र डिलसरा सुनार रहेका छन् ।

प्रकाशित मितिः   २८ आश्विन २०७५, आईतवार १५:५८