शान्ति समाजमा शाही

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ असोज ।
मानवअधिकार तथा शान्ति समाज सुर्खेत शाखाको सभापतिमा योगेन्द्र शाही चयन भएका छन् । समाजको शनिवार वीरेन्द्रनगरमा सम्पन्न १८ औं वार्षिक साधारणसभाले शाहीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपसभापतिमा गजेन्द्र पुन, सचिवमा प्रकाश शाही, सह–सचिवमा भक्तसिंह ठकुरी र कोषाध्यक्षमा सिर्जना जिसी चयन भएका छन् । यस्तै सदस्यहरूमा शितलसिं राठौर, मोहन मल्ल, भावना बस्नेत, सुशीला श्रेष्ठ, ज्ञानबहादुर नेपाली र डम्मरमान श्रेष्ठ रहेका छन् ।
समाजका निवर्तमान सभापति पुष्पा मल्लको अध्यक्षता तथा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलको प्रमुख आतिथ्यतामा समाजका संस्थापक सभापति गोविन्द कोइराला, पूर्वसभापतिहरू जगत केसी, रुद्र आचार्य लगायतको सहभागिता रहेको थियो ।