यस्तो छ, मप विश्वविद्यालयको २० वर्षे योजना

mu ko naya officeसाझा बिसौनी संवाददाता
सुर्खेत, २८ जेठ ।
मुलुककै शीर्ष विश्वविद्यालय बनाउने लक्ष्यसहित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो दीर्घकालीन योजना सार्वजनिक गरेको छ । स्थापना भएको पाँच वर्षपछि निर्माण गरिएको २० वर्षे रणनीतिक योजनाले मध्यपश्चिमाञ्चल विश्व–विद्यालयलाई नेपालको पहिलो नम्बरको उच्च शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । कतिपय महŒवाकांक्षी योजना समेत यसमा समेटिएका छन् ।
अनेक विवाद र झमेलामा रुमल्लिएर पाँच वर्ष बिताइसकेको विश्वविद्यालयले आउँदो चार वर्षभित्र नै विश्वविद्यालयलाई नमुनाउन्मुख उच्च शिक्षाको उत्कृष्ट केन्द्र बनाउने उद्देश्य राखेको छ । त्यसैगरी एसिया लगायत विश्वका धेरै मुलुकका विद्यार्थी, अनुसन्धानकर्ता विश्वविद्यालयमा आउने, अध्ययन, अनुसन्धान गर्ने गर्ने प्राज्ञिक थलोको रूपमा स्थापित हुने, राष्ट्रलाई दक्ष जनशक्ति उत्पादन गर्ने, विश्वका जुनसुकै क्षेत्रमा पनि प्रतिस्पर्धा गर्नसक्ने सक्षम जनशक्ति निर्माण गर्ने लगायतका योजना विश्वविद्यालयले अघि सारेको छ । त्यसैगरी आउँदो १० वर्षभित्र अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक जनशक्ति विकास गरी प्रयोगमा ल्याउने, भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना निर्माण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी शैक्षिक अनुदान भिœयाउने, विशेष गरी गरीब तथा सिमान्तकृतहरूका लागि रोजगारीको अवसर सिर्जना गर्ने, शिक्षालाई अनुसन्धानमूलक बनाउन शिक्षण सिकाइ विधि र समस्या समाधानमा आधारित अनुसन्धानलाई एक अर्काको परिपूरकका रूपमा प्रवद्र्धन गर्ने, विश्वविद्यालयको शैक्षिक प्रणालीमा मिश्रित र अन्तरविषयक प्रणालीको विस्तार गर्ने, पाठ्यक्रमलाई समयानुकुल परिमार्जन गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार शैक्षिक गतिविधि निरन्तर सञ्चालन गर्ने योजना पनि समेटिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले सङ्गठनात्मक स्वरूप, नेतृत्व तथा व्यवस्थापन, पूर्वाधार विकास, उपलब्ध जमिन तथा स्रोत साधनहरूको उपभोग, शैक्षिक कार्यक्रम, विज्ञान प्रयोगशाला तथा पुस्तकालय व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, आर्थिक प्रणाली, अनुगमन, सम्बन्धन, परीक्षा प्रणाली, गुणस्तरीयताको सुनिश्चितता पाठ्यक्रम र मूल्याङ्कन, अनुसन्धान, भर्ना, विद्यार्थी कल्याण लगायत छुट्टा छुट्टै शीर्षकमा नीति, रणनीति र रणनीतिक कार्यक्रम निर्माण गरेको
छ । आवश्यकता र प्राथमिकताका आधारमा चिकित्सा विज्ञान क्याम्पस, जलस्रोत तथा जलविद्युत इन्जिनियरिङ्ग क्याम्पस, कृषि तथा ग्रामीण विकास क्याम्पस, वन तथा पशु विज्ञान क्याम्पस, जडिबुटी उत्पादन तथा प्रशोधन क्याम्पस, खनिज तथा जैविक विविधता अनुसन्धान क्याम्पस, ग्रामीण समाज विकास व्यवस्थापन क्याम्पस स्थापना गर्ने योजना विश्वविद्यालयको छ ।
यस्तै कर्णाली क्षेत्रमा कर्णाली विकास तथा जडिबुटी क्याम्पस, दैलेखमा कृषि, वन, खनिज तथा ग्रामीण विकास क्याम्पस, बाँके र बर्दियामा कृषि, वन तथा पर्यटक विकास क्याम्पस, जाजरकोट, सल्यान र रुकुममा कृषि, प्राविधिक तथा समाज विकास क्याम्पस, सुर्खेतमा चिकित्सा सेवा विकास क्याम्पस र जलविद्युत इन्जिनियरिङ्ग क्याम्पस स्थापना गर्ने रणनीति योजनामा समावेश छ । यी योजना कार्यान्वयन गर्न सकेको खण्डमा विश्वविद्यालय मुलुककै शीर्ष शैक्षिक केन्द्र बन्ने दावी विश्वविद्यालयको छ ।
२० वर्षे रणनीतिक योजनालाई चार भागमा
विभाजन गरिएको छ । प्रत्येक ५÷५ वर्षे तालिका बनाएर योजना कार्यान्वयन गरिने विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले जानकारी दिए । उनका अनुसार पहिलो पाँच वर्षे रणनीतिहरूको कार्यतालिका समेत निर्माण भइसकेको छ । सोही अनुसार विश्वविद्यालयका गतिविधिहरू सञ्चालन हुनेछन् । पहिलो चरणमा मध्यपश्चिम क्षेत्रका सबै नागरिकलाई मप विश्वविद्यालयको पहुँचमा पु¥याउने लक्ष्य लिइएको छ । उच्च शिक्षाका लागि राजधानी काठमाडौं र विदेश जाने विद्यार्थीहरूलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा नै रोकेर गुणस्तरीय शिक्षा प्रदान गर्नु यो योजनाको लक्ष्य रहेको उपकुलपति कोइरालाले बताए । उनले विश्वविद्यालयको दीर्घकालीन विकासको लक्ष्यसहित योजना निर्माण गरिएको भन्दै यसलाई कार्यान्वयन
गर्न सबै सरोकारवालहरूको सहयोगको अपेक्षा व्यक्त गरे ।
योजना कार्यान्वयनमा आइपर्ने चुनौतीहरूको पनि पहिचान गरिसकेकाले कार्यान्वयनमा समस्या नहुने उनको दाबी छ ।