पिपिरामा जनहितकारीको सेवा केन्द्र

सुर्खेत, २४ असोज । (साबिस)
जनहितकारी बचत तथा ऋण सहकारी संस्था सुर्खेतले वीरेन्द्रनगरको पिपिरामा आफ्नो सेवा केन्द्र स्थापना गरेको छ । बुधवार कर्णाली प्रदेशसभाका सदस्य यामलाल कँडेलले केन्द्रको उद्घाटन गरेका हुन् ।
केन्द्र उद्घाटन गर्दै सांसद कँडेलले सहकारी आम नागरिक र सरकारका लागि पनि महŒवपूर्ण भएको बताए । उनले सहकारीका माध्यमबाट नागरिकको जीवनस्तरमा सुधार आउनुका साथै राज्यको अर्थतन्त्र बलियो बनाउन पनि सघाउ पुगेको बताए । कार्यक्रमका अन्य सहभागीहरूले पनि सहकारीलाई थप सफलताको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा संस्थाबाट लगानी गरिएका हायर पर्चेच ऋणमध्यको ३० वटा अटो रिक्सा व्यवसायीहरूलाई चाबी हस्तान्तरण समेत गरिएको थियो । सेवा केन्द्र उद्घाटनकै दिन पिपिरा क्षेत्रका दुई सय तीन जना नयाँ सदस्यले सहकारीको सदस्यता लिएको जनाइएको छ ।
संस्थाका अध्यक्ष हरिहरनाथ योगीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर–११ का वडा अध्यक्ष नन्दलाल शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष अमृत बिसी लगायत विभिन्न संघ–संस्था तथा जनप्रतिनिधिहरूको सहभागिता
रहेको थियो ।

प्रकाशित मितिः   २५ आश्विन २०७५, बिहीबार १६:१६