महिला साना किसानको साधारणसभा
साझा बिसौनी संवाददाता
सुर्खेत, २४ असोज ।
महिला साना किसान कृषि सहकारी संस्था बराहताल–५ सुर्खेतको आठौं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निर्मला दर्लामीको अध्यक्षता तथा बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्र्दै अध्यक्ष दर्लामीले आर्थिक वर्ष २०७४÷०७५ मा संस्थाले नौ करोड २४ लाख ८४ हजार रूपैयाँ बराबरको कारोबार गरेको जानकारी दिइन् । साथै उनले चालु आर्थिक वर्ष २०७५÷०७६ मा ११ करोड ८४ लाख रूपैयाँ बराबरको प्रस्तावित बजेट समेत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्मा, कार्यकारी प्रमुख यादवप्रसाद सापकोटा, वडा नं. ५ का अध्यक्ष तिलकबहादुर मर्साङ्गी, वडा नं. ७ का अध्यक्ष कुलबहादुर बुचा लगायतको सहभागिता रहेको संस्थाका प्रबन्धक दिलिपकुमार सारु मगरले जानकारी दिए ।
साझा बिसौनी ।