यौन, यौनिकता र यौन पुर्पुक्ष

डा.दिपक गौतम
हिजोआज सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्ममा यौनका बारेमा विमर्शहरू हुने गरेका छन् । यो मुलुक कृषि प्रधान देश हो तर कृषि मल, विषादी, प्रविधि, पूँजी, कृषि बीऊ विदेशबाटै आयातित छन् तर पनि देश कृषि प्रधान हो । धनियाँ, साग, कागति भरतबाटै सिधैं पहाड पुग्छ कृषि प्रधान देशको । अर्थतन्त्रले नेपाली आधुनिक रूप ग्रहण गर्न लागेका सत्तरी वर्ष भइसक्यो, हामीभन्दा तन्नम देशहरू थाइल्याण्ड, सिंगापुर, मलेसिया, कोरिया, रुवाण्डासमेतकोभन्दा नेपाली अर्थतन्त्रको विकासे मोडेल अधोगतिमा छ । अव्यवस्थित र बेरोजगार सहर रित्तो र खण्डहर गाउँ नेपाली विशेषता बनिसक्यो । देश गावैगाउँले बनेको छ । ग्रामीणमुखी अर्थतन्त्र केही छैन, जसरी इतिहास, भाषा, समाज अध्ययन विदेशी मोडेलमा छन्, त्यसैले नै हाम्रा संविधान, शिक्षालय, बहस र विकासे मोडेल उस्तै छन् । ग्रामीण मौलिक ज्ञानसीप, धारणा, प्रविधि, बजार, उत्पादन, उपभोग, श्रम माटो सुहाउँदो छैन र कृषि विकासको भेउसमेत पाउन सकिएको छैन ।
कृतिनिधि विष्ट प्रधानमन्त्री हुँदा वि.सं १९६७÷०६८ तिर चीनसँग कृषिमल कारखाना खोलिदिन आग्रह गरे त्यसयताका कुनै पनि प्रधानमन्त्रीले कृषि मल कारखाना खोल्न नेपालको वास्तविक मोडेल विकास मोडेल बन्न सकेन । यसरी नै आजको यौन, यौनिकता र यौन पुर्पक्ष वा यौन बहस वा यौनवकालत विदेशी मुलककै छन् । मानौं, नेपालमा यस्ता यौनविज्ञ छन्, नेपाली बास्तविकता हैन, विदेशी वास्तविकतालार्ई नेपाली रूपान्तरण गर्दैछन् । यसकारण यो मन राख्ने कतै ठाउँ छैन । संघीयता, धर्मनिरपेक्षता, विकास मोडेल, एनजीओ, आइएनजीओ, संविधान, देवानी संहिता, फौजदारी कानुन, रेमिट्यान्स, आप्रवासन, दलाल अर्थतन्त्र, घुसखोर, बृद्धिजीवि, आयातित उपभोग्य वस्तु, ज्ञान र प्रविधिका कारण नेपाल झन् भन्दा झन् तल गिर्दो अवस्थामा छ ।
पुरुष र स्त्रीको सम्पर्क या मैथुन या संभोग नै यौन हो । सम्+भोग भनेको समान यौनको भोग हो । स्त्री र पुरुषको समान इच्छा, अकर्षण, यसले भविष्यमा ल्याउने परिणामको समान दायित्व नै समान् हो या सम् हो या बराबरी हो यो ठीक यो उपयुक्त हो । यौनबाट महिला र पुरुष समान सही र ऊर्जापूर्ण रूपमा तृप्त हुनुपर्छ । अन्यथा हिंसा, हत्या, बलात्कारको अर्थ लाग्छ । महिलाप्रति गरिने मात्र हैन यौन उद्देश्य परिपूर्तिका लागि महिलाले पुरुषप्रति गरिने पनि बलात्कार हो । तर नेपाली समाजले महिलाले पुरुषप्रति गर्ने बलात्कारलाई छुट दिएको छ । व्यवहारमा पछिल्लो यौन हिंसामा नेपाल छ तर यहाँ लेख्दा डर लाग्छ । यतिमात्र भन्न सकिन्छ बहुपतिप्रथा महिलाजन्य पुरुषप्रतिको एकखालको यौनशोषण हो । उमेर पाकेकी महिलालले बाल पुरुषलाई जबरजस्ती गरेर योनसम्पर्क गर्न गराउन बाध्य गरिने पनि एक खालको हिंसा नै हो । नेपालका न्यायका अभियान्ताले यसबारेमा बाल्न जान्दैनन् किनभने पश्चिमा शिक्षाद्वारा दिक्षितहरू बोल्न हुन्न ।
यौनक्रिया भनेको यौनकार्य गर्ने कामलाई बुझिन्छ । यौनिकता अर्थव्यवसायलाई आत्मसात् गरेका मान्छेको भाव यौनिकता हो । यौन व्यवसायका पारखीहरूको विषय नै यौनिकता हो । महिलामात्र हैन लेखक पनि यौनिकता भावका मान्छे हुन् । यौनव्यापारलाई प्रश्रय दिने कुनै पनि लेख, विमर्श बहस, छलफल पनि यौनिकताका परिधिभित्रै परेका हुन्छन् । यौनका बारेमा लेख्न सबै लेखक यौनकर्मीलाई उक्साउने लेखकहरू हुन् । तिनीहरूले सद्चरित्रको व्यवहार नगरेको हुनुपर्छ । जसका दिमागमा भरिन्छ त्यही पोख्छ । पश्चिमा विकृतिको उदाङ्गो कुरूप भनेको नै यौनस्वतन्त्रता हो । के पश्चिमाले जे गर्छन्, ती सबै नेपाली समाजका लागि मार्गदर्शन हुनुपर्छ ?
यी त प्रतिनिधि विचार मात्र हुन् । पश्चिमाले लेखेकोमा हामीलाई केही थिएन । पश्चिमा विचारले नेपाली सम्हालिएको छैन, लयमा छैन, नेपाली हरेक क्षेत्रको प्रयोगस्थल पपुवा न्यूगिनी बन्दैछ । एउटा दृष्टान्त लिऊँः
पुष्पलालका भाइ विजयलाल श्रेष्ठले पुष्पलाललाई भन्नेछन् ‘दाइ म त छोरीको न्वारन गर्दिनँ ।’
पुष्पलालले त्यसो गर्नुहुँदैन । तिमीले नगरे पनि तिमी त अरु कसैले बोलाएको मा जाने नै छौं । अरुकोमा जाने, आने र आफूले नखुवाउँदा नजाँदा सामाजिक लय मिल्दैन । समाजको स्तर अनुकूल चल्नुपर्छ । समाजविना रोलमोडल गर्न सकिन्न । ठीक छ सचेत रहनु ठीक हो समाजले अस्वीकार्दा तिमी एक्लो बन्छौ र शक्ति मिल्दैन । यसको तात्पर्य सचेतता बढाउँदै जानुपर्छ वस्तुगत आवश्यकताले मेल खानेवित्तिकै सामाजिक विकृतिहरू ढोगहरू स्वतः निस्तेज बन्छन् । यही सिद्धान्त लागू हुन्छ, यौन सिद्धान्तमा पनि ।
हाम्रो समाजको स्तर यौन स्वतन्त्रताको पक्षमा छैन । हाम्रो समाज गासबास, कपास, स्वास्थ्य, शिक्षाबाटै बहिस्कारमा वञ्चिकृत छ । पहिले आधारभूत पक्षमा परिपूर्ति हुनुपर्छ । जैविक रूपमा पनि भोकोलाई यौनशक्ति आउँदैन र हुँदैन र कसैले पनि भोको अवस्थामा यौनकर्मी, योनिकता र यौनव्यपार गरेको छैन अहिलेसम्म विश्वमा ।
जीवन इतिहास पढौं । मानव सभ्यताको असभ्यकालमा साझा विवाह दुलाहा प्रणाली थियो । वर्खामा एक पटक सबै महिला दुलही र सबै पुरुष दुलाहा बन्थे र विवाह हुन्थ्यो । आजको जस्तो बहुपतिप्रथा र बहुश्रीमती प्रथा थिएन । आर्थिक दृष्टिकोणको उत्पादकता र उत्पादनका दृष्टिले यस्तो विवाह प्रणाली बेलाभकारी देखियो । उमेर नछिप्पिएका पुरुष र उमेर पाकेकी महिलाबीच यौन कर्म हुँदा सन्तान जमिन सकेनन् । सन्तान उत्पादन हो पनि हो उत्पादकत्व बढाउने पक्ष पनि हो । समाजले परीक्षण गरेपछि यस्तो विवाह प्रणाली समूह विवाह प्रणालीमा सारियो । रहरले हैन यो यो पनि एक खालको छाडा यौनकर्म शाससत यौनकर्ममा समाजले नै सारेको हो ।
यसपछिको समूह विवाह प्रणालीमा उमेर पुगेका युवा–युवती अर्थात् यौवन चढेका महिला र पुरुषबीच एकै पटक विवाह गर्ने चलन आयो तर उमेर नपुगेका र उमेर ढल्केकाले यौन सम्पर्क गर्न सकिने नियम बन्यो । समाजको उत्पादन, उत्पादकत्व पनि बढ्यो । यसपछि निजी विवाह प्रणाली आयो । जब सम्पत्तिले वैयक्तिक स्वरूप ग्रहण ग¥यो । महिलालाई साधानका रूपमा लिइयो । महिला शक्तिलाई न्यून, मूल्य दिइयो पशुवस्तु सरह मानियो । राजा महाराजद्वारा एकखालेको यौनकर्म, यौन सम्बन्ध, यौनव्यवहार गर्न थालियो ।
पूर्वमा सामन्तहरू र पश्चिममा पैसावालाहरू यौनस्वतन्त्रताको व्यवहारमा लागे पनि, मुस्लिमहरूले तीनवटा विवाहलाई मान्यता दिए पनि यौनव्यापारको विषय आजको संसारको प्राथमिक विषय हैन । पक्कै पनि यस्ता अतार्किक उत्तालाहरूले फ्रायडेलाई सफल दार्शनिक र माक्र्सलाई काल्पनिकका रूपमा देख्दैछन् । फ्रायडेले मानिसका हर क्रियाकलाहरूलाई यौन चाहनाको परितृप्ती हो भनेका छन् र सबै मानविय कार्यहरूलाई यौनकार्यका रूपमा देख्नु फ्रायडेको दृष्टिदोष हो । मान्छेलाई यौवन चढेपछि मात्र, समान इच्छा पलाएपछि मात्र, विशिष्ट यो समाजले स्वीकृति दिएपछिमात्र यो चरम प्रेमको सम्मुर्तनमा मात्रै यौनव्यवहार हुन्छ भन्ने शसर्तहरू फ्रायडेले बेवास्ता गरेका छन् ।
यौन व्यवहार पक्कै पनि प्रेमको सामाजिक सम्पूर्तन हो । विवाहले स्वीकृति दिए एउटाका श्रीमान् र श्रीमतीका यौन क्रियाकलाप खोल्छ । अर्थात् विवाह महिला र पुरुषको संवैधानिक यौन व्यवहारको प्रवेशविन्दु हो । विवाहले प्रेमको वातावरण पनि कोरिदिन्छ । आजका प्रेम विवाहभन्दा, विवाहपछिको प्रेम भरपर्दो स्थायी र दुरगामी प्रकृतिको हुन्छ र थियो । विवाह पनि सामाजिक परिपक्कताको व्यक्तिगत सक्षमताको संभोगको घटना हो ।
हिजोआज गण्डगी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको जस्तै यौनकर्मक्षेत्र खोल्नुपर्ने मान्यता नेपाली समाजको आधारभूत मान्यता हैन । लेकसाइड पोखरा चौबीसै घण्टा अनिद्रामा रहन्छ, काठमाडौंका केही होटल तथा सदरमुकामहरूको दुई–चार होटेल अनिदो बस्छन् भन्दैमा बसै नेपाली जनताको प्रतिनिधित्व हुनसक्दैन, नमुना बन्न सक्दैन ।
मुस्लिम देशजस्तै कट्टरता पनि महिला बलात्कारको निरूपण पनि हुन सक्दैन । पक्कै पनि महिला बलात्कार कम हुने देश मुस्लिम देश हो । बलात्कारका स्रोतहरू उस्तै छन् । मानव समाज जब प्रकृतिबाट अलग्गै रहन अथवा प्राकृतिक भावनाहरूबाट पृथक रहन लाग्यो तब देवीदेवतालाई स्थापित ग¥यो । मानवले रुढीवादी परम्परा, मान्यता, मूल्य, विश्वास तथा दृष्टिकोण बनायो । यौनव्यवहारलाई पनि प्राकृतिक स्वरूपबाट विकृतरूपमा लियो । कु–संस्कारद्वारा मानव समाज कु–संस्कृत बन्न लाग्यो । विश्वका सबै भाषा, साहित्य, दर्शन र लोकगीतहरूमा यौनहिंसालाई प्रशय दिने खालका लोकगीतहरू बनेका छन् । हाम्रा कलाहरू पनि केही त्यस्तै छन् । यही कारण हाम्रा लोकगीत यौनहिंसात्मक बनेका छन् ।
एक, ‘वल्लो छेउको कत्ले माछो पल्लो छेउ धाउँछ, बुढो पोइको ओछ्यान लाउन मन मरेर आउँछ ।’ दुई, ‘कहिले खोली, कहिले पहाड दिनका दिन
धान्छु एउटीको काखमा बसी अर्कीको मात खान्छु ।’ तीन, ‘फूलेको फूलको भर हुँदैन, बैंशमा डर हुँदैन ।’ चार, ‘दैलेखी दरबारका चारतिर दरबार, माया खाउँला, माया लाउँला छोड्दिऊ है घरबार’ जस्ता नेपाली, लोकगीतहरूले समाजको संरक्षण गर्दैनन् ।
समाजको संरक्षण भने सबैभन्दा कमजोर पक्षको संरक्षण हो । यसैकारण हाम्रो नेपालमा वृद्धाहरू, गर्भवतीहरू तथा अबोध बालिकाहरू बलात्कार, हत्याबाट प्रपीडित छन् । राज्यप्रणाली, समाज व्यवस्था, नकारात्मक संस्कृति तथा पुरुषवादी सोचका कारण नेपाली समाज भयमय बनिरहेको पृष्ठभूमिमा यौनउत्तेजक लेखहरूले के दिन्छन् समाजलाई ? सहरीया महिलाहरू आफू सिकार भएका महसुस गर्दैनन् । महिलाले महिलालाई उक्साउने, वातावरण बनाइदिने, त्यस्ता कार्यक्रमहरूको प्रदर्शनी गर्ने, बहस गर्ने, त्यसले महिलालाई रोलमोडल मान्ने व्यवहार पनि राम्रा हैनन् ।
हो सच्चा र पवित्र प्रेम मानवका लागि अपरिहार्य विषय हो तर अपवित्र विकृत कुरूप र भद्धा यौनव्यवहारले कसैको हित र भलो गर्दैन । काम कुरा एकातिर कम्लो बोकी ठिमीतिर कसैले पनि नगर्दा बेस । आजको विश्वमार्ग वास्तविक माग अर्कै छ । त्यतातिर उन्मुख नभए लड्ने गाईलाई रामराम भन्न सकिन्छ काध दिन सकिन्न ।

प्रकाशित मितिः   २५ आश्विन २०७५, बिहीबार १६:०८