दातृ निकायसँग छलफल
सुर्खेत, २२ असोज । (साबिस)
कर्णाली प्रदेश सरकारले बहुपक्षीय दातृ निकायसँग कर्णालीको विकासका लागि बृहत छलफल थालेको छ । मुख्यमन्त्रीसहित सरकारका प्रतिनिधिहरूले सोमबार युरोपियन युनियन, विश्व बैंक, क्रिश्चियन इगन र डरुएफआइडी लगायतका दातृ निकायका प्रतिनिधिहरूसँग छलफल गरिएको छ ।
कर्णालीको विकासका प्राथमिकता र सहयोगबारे छलफल भएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । उनका अनुसार बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका साथै प्रदेश सरकारका मन्त्री र सचिवहरू सहभागी थिए । दातृ निकायको तर्फबाट यूरोपियन यूनियनका ओभिडु मिक, विश्व बैंकका फारिस हाडाड, क्रिश्चियन इगन र सइद खादेद असन, डीएफआईडीका रुरिक मार्सडेन लगायत सहभागी थिए । ‘यो बैठकले कर्णालीको विकासका लागि लगानी भिœयाउनुका साथै अन्तर्राष्ट्रिय निकायसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न सघाउ पुर्याउनेछ,’ मन्त्री रावलले भने, ‘कर्णालीमा सहयोग गर्नको लागि प्राथमिकताका क्षेत्र के हुन् भन्नेबारे दातृ निकाय स्पष्ट हुने हाम्रो अपेक्षा छ ।’ प्रदेश सरकारले संघीय सरकार र दातृ निकायबीच समन्वय गरी कर्णालीमा विकास आयोजना भिœयाउने उनले बताए ।
साझा बिसौनी ।