पाँच सय बालबालिकाको स्वास्थ्य जाँच

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ असोज ।
दुई दिने बाल स्वास्थ्य शिविरमार्फत् पाँच सय जना बालबालिकाको स्वास्थ्य जाँचका साथै उपचार गरिएको छ । द् वडा फाउण्डेशन कालिकोटको आयोजना तथा सुर्खेतको विंग्स फाउण्डेशनको समन्वयमा कालिकोटको विकट महावु गाउँपालिका वडा नं. ३ ओदानकुमा बाल शिविर सञ्चालन गरी पाँच सय बढीको स्वास्थ्य जाँच गरिएको हो ।
विंग्स फाउण्डशेनका अध्यक्ष डा. नवराज केसीको नेतृत्वमा गएको टोलीले शिविरमा बालबालिकाहरूलाई स्वास्थ्य उपचार गर्नुका साथै प्राथमिक उपचार र अपाङ्गता सम्बन्धी जानकारी दिइएको फाण्डेशनका कोषाध्यक्ष दिपक गौतमले जानकारी दिए । शिविरमा विंग्स फाउण्डेशनका तर्फबाट करिब दुई लाख मूल्य बराबरको औषधि निःशुल्क प्रदान गरिएको थियो ।
शिविरमा आएका धेरैजसो बालबालिकाहरूमा मुटु सम्बन्धी र कानपाक्ने रोगको संक्रमण पाइएको कोषाध्यक्ष गौतमले बताए । शिविरमा अध्यक्ष डा. केसी, कोषाध्यक्ष गौतमसहित सचिव किरण बस्नेत र स्वास्थ्यकर्मीहरू राजेश बुढा र रेशम गौतमको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २३ आश्विन २०७५, मंगलवार १६:४२