बहुमुखी क्याम्पसको त्यो विरासत र एमयूको यो हविगत
डण्डिप्रसाद शर्मा
वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतको इतिहास यति गौरवपूर्ण छ कि त्यसमा सुर्खेती जनताको साथै तत्कालीन मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलबासीको ढुकढुकी जोडिएको थियो । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरको सुन्दर नगरीमा अवस्थित नौलापुर बस्तीमा जोडिएको वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेत आजसम्म आइपुग्दा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रूपमा विकसित भएर सञ्चालन भइरहेको छ ।
मध्यपश्चिम र सुदूरपश्चिमेली जनताको दुर–दराजको साथी र पिछडिएका बस्ती–बस्तीका आवाज बोकेको बहुमुखी क्याम्पस, हरेक दिन दुःखी जनताको आँसुलाई ओठको हाँसोमा रूपान्तरण गरेर मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रूपमा विकसित भइरहँदा यसको छत्रछायाँमा आफ्ना सन्ततिको उज्यालो भविष्य हेर्न कसलाई रहर छैन होला र ? त्यसैले त वि.सं. २०३६ सालदेखि नै क्याम्पसलाई मालपोत कर तिर्दै आएका हुन्, सबैका बाबुबाजेले ।
विगतका दिनहरूमा पनि सञ्चालित बहुमुखी क्याम्पस स्वयमः ‘डाँडा गाउँमा च्याऊ खेती, एक सम्भावना एक चुनौती’ भन्ने उखाने बाजे नै भइ राख्यो भनेको सुन्न पाइन्छ । इतिहासले नै बयान देला, कसको लगानी कति छ ? किन लगानी गरेका थिए जनताले ? कसले आफ्नो राजनितिक क्रिडास्थल बनाउँदै आयो ? आम नागरिकको प्रगति, विकास र समृद्धि बोकेको मध्यपश्चिमको एक मात्र शैक्षिक संस्थामा । सु–स्पष्ट विचारले परमाणु बमभन्दा पनि ज्यादा ऊर्जा र शक्ति उत्पन्न गर्न सक्छ भन्ने दृष्टिकोणबाट हेर्ने हो भने पनि क–कसले नेतृत्व गर्दै आयो ? त्यो पनि इतिहासले मूल्यांकन गरेकै छ भन्ने बुझिन्छ । यति मात्रै भन्न सकिन्छ कि, दुनियाँका छोराछोरीको भविश्य अन्धकारमा राखेर आफ्ना आसेपासेहरूलाई पाल्दै आएका कलंकित भलादमी महासयहरूलाई, ‘ईमान्दारिता विनाको तिम्रो बौद्धिकता, ज्ञान, सिद्धान्त र वैचारिक बुर्जुवा प्रवृतिले प्राण विनाको भद्दा र रोगी शरीर बनायौं’ समाजको सुपरस्टक्चर शैक्षिक कोपिला युवा मनोविज्ञानलाई । हेक्का राखेरै बस, यो हाम्रो उच्च शिक्षाको केन्द्र हो ।
सक्षम र प्रभावशाली विद्यार्थीको योग्यतालाई तिखार्ने तथा राष्ट्रका लागि उच्चतहको योगदान दिन सक्ने नागरिक तयार गर्ने थलो हो विश्वविद्यालय । अबका दिनहरूमा कर्णाली प्रदेशको राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक तथा व्यवसायिक क्षेत्रमा सक्षम जनाशक्तिको उत्पादन गरी श्रमबजारमा रोजगारीको लागि पठाएर कर्णाली प्रदेशको विकासको टेवा तथा समाज र राष्ट्र विकासको प्रथम शर्त हो, हाम्रो म.प.विश्वविद्यालय । गरिबी, अशिक्षा र परम्परागत रुढीबादी रोगबाट ग्रसित भएको कर्णाली प्रदेशलाई चेतनाको दियो छर्ने तथा अपेक्षित विकासको आधारभूमि तयार गर्ने स्थायी शक्ति हो यो । अथाहा प्राकृतिक साधनस्रोतको चाङ्गमा बसेर सबैभन्दा गरीब कर्णाली प्रदेश हो भन्ने सुनेका र बुझेका छौं भने प्राकृतिक स्रोत र प्रचूर सम्भावानालाई केलाउने गरी व्यवस्थित जनशक्तिको उत्पादन र तयारी हाम्रो काम हो भन्ने बुझ विश्वधिालयका गुरुजनहरू ।
कर्णाली प्रदेशलाई गरिबीबाट समृद्धिको महायात्राको अभियानमा हिँडाउने पूर्वाधार र अभियन्ता हो, विश्विद्यालय । बहुमूल्य जडिबुटी, वनस्पती, खानी, निरन्तर बगिरहने नदीनाला, महŒवपूर्ण पूरातात्विक, ऐतिहासिक पर्यटकीय स्थल, भाषा–संस्कृतिको सोधखोजको पैरवी र पौरखी बन्नुपर्छ यो, विश्वविद्यालय । यसको विकासका आधारहरू तीन चरणमा अगाडि बढ्नुपर्ने हो । प्रथम त ‘फिजिकल फिटनेस’, दोस्रो प्रशासनिक कार्यविभाजनमा पारदर्शिता र तेस्रो, शैक्षिक गुणस्तरीयतामा उचित व्यवस्थाापनसहित आर्थिक स्पष्टता । के यी पक्षहरूमा आम विद्यार्थी र सरोकारवाला निकायहरू विश्वस्त छन् ? बरु विश्वविद्यालयको आन्तरिक जीवनबाट बाहिर बसेका सरोकारवाला पक्षबाट प्रश्न उठाएको र सुनाएको पाइन्छ । भौतिक निर्माण र थप केही शैक्षिक विषयमा सुधार भएको देखिएता पनि यसका आधारभूत तह भने कमजोर नै देखिन्छन् । हरेक पक्षका ‘चेन अफ कमाण्ड’को व्यवस्थापक प्रणाली नै छैनन् भन्दा हुन्छ । हरेक सेक्टरहरूमा विषयगत निर्णय हुने प्रावधान के हो ? किन अप्राकृतिक निर्णय हुन्छन् र प्राकृतिक निर्णय हुन सक्दैनन् ? भर्ना वा परीक्षा प्रणाली जस्ता विषयमा कार्यविधि कसले बनाउन दिएन र जिम्मेवारी कसको हो ? सबै प्रश्नको उत्तर एकैसाथ आउँछ, विद्यार्थीहरूले आमरण अनुशन बस्नुपर्ने अवस्था ।
भौतिक र बौद्धिक कामको लेखाजोखा महŒवपूर्ण काम हुनेछ । पहुँचको आधारमा घर भाडाको नाममा कति असुलेका छौं ? आफ्नो कार्यविधि आफै बनाएर प्रध्यापकदेखि पियनसम्मको नियुक्तिमा को–को एकल उम्मेदवारी बन्यौ ? अनि बनायौं ? नाटकीय समस्या समाधानको नाममा कुन–कुन होटेलमा विश्वविद्यालयको कति हिनमिना ग¥यौं ? तिर्न बाँकी छ भन्ने कुरा पनि सुन्नुपर्छ । के के खानुपथ्र्यो ? के–के खायौं ? के खाएनौं ? के गर्नुपथ्र्यो र के गरिरहेका छौं ? तमाम नागरिकहरूको बस्ती–बस्तीमा सुन्न पाइन्छ, यी आवाजहरू । यो विश्वविद्यालय प्राज्ञिक संस्था हो वा होइन भन्ने कसी त यसले लिने निर्णय, परिणाम र प्रक्षेपणले प्रस्तुत गर्ने हो । श्रीमान्ले आफ्नो आमालाई माया गरोस भन्ने श्रीमतीले सासूआमाको मायामा आफूलाई कति प्रगाडित गराउँछिन भन्ने परीक्षाले मूल्यांकन गर्छ ।
बहुमुखी क्याम्पस हुँदै विश्वविद्यालयको स्थापना पश्चात प्रथम कार्यकालसम्म कसको पैरवी गर्ने नेतृत्व कुर्सीमा निरन्तर आसिन हुँदै आयो । कसैले कोलाहल गर्नुपर्छ र ? विश्वविद्यालयमा गरिने हरेक निर्णयहरू प्राज्ञिक थिए कि ? कुनै पार्टी नजिकका असान्दर्भिक सिद्धान्त ? यो विश्वविद्यालय सबैको साझा हो भन्दै आमनागरिकको विश्वासमा भ्रम सिर्जना गरेर विगतमा पनि ब्रम्हालुटको खेती राम्रै फस्टाएकै हो नि ? के यसमा विपक्षी नागरिक र प्राज्ञिक समूहका आवाजहरूको सम्बोधनका प्रमाणहरू होलान र ? यी तमाम आवाजहरूको प्रतिनिधित्व सडक–सडक र चोक–चोकमा भइरहेको पाइन्छ । तर यतिबेला केही निकाय प्रमुख र जिम्मेवारी विभाजनमा उपकुलपतिले एक्लै नियुक्ति गरेको भनेर विश्वविद्यालयमा तालाबन्दी गर्नु आफ्नो लाजको पोको सडकमा फ्याँके जस्तै हो ।
अब रह्यो दोस्रो कार्यकाल अर्थात डा. उपेन्द्र कोइराला । विश्वविद्यालयको नव नेतृत्वबाट आम समुदायले यसको सुनौलो भविश्यको सगरमाथाको अभिलाषा बोके । सुरुवातमै धमिलो खोला र सुन्दरीजल वर्षाको भेलमा परिणत हँुदै एकैविन्दुमा मिलन भएर उर्लिन थाल्यो । कलिला मूना बगाउँदै आसपासका मरुभूमि भत्किने प्रक्रियाले स्थान लिन थाल्यो । हेर्दा आफनो स्थान ठूलो बनाए जस्तो तर भविश्यका सम्पदाको विनास । भनिन्छ, वामपंथी–अतिरंजितवाद र दक्षिणपंथी बुर्जुवावादको एकै साथको स्वार्थले विचलनवादलाई स्थापित गरिदिन्छ र बामपंथी अवसरवादलाई दक्षिणपंथी केन्द्रभागको नजिक पु¥याइदिन्छ । थेसिस, एन्टीथेसिस, र सेनथेसिस अर्थात् वाद, प्रतिवाद र सम्वाद । लाजको पोका मप विश्वविद्यालयकै परिसरमा छताछुल्ल । प्राध्यापक, उपाप्रध्यापक र प्राज्ञिक गुरुजनबाटै शैक्षिक केन्द्रमा तालाबन्दी । नबिराउनु, नडराउनु, अगाडि बढनु यो शुभकामना आम नागरिकको हुनेछ । हिजो चिन्न नसक्नु कमजोरी,आज चिन्न खोज्दा प्राज्ञिक नियुक्ति,पालोको पठ्ठो । यी सबै तथ्य तथ्यांकले विश्वविद्यालयभित्र प्राध्यापक, कर्मचारी, विद्यार्थी, कोही पनि राजनीतिबाट टाढा रहेर प्राज्ञिक मर्यादा कायम गरेको सत्य स्थापित हुँदैन ।
जे होस्, अगामी दिनहरूमा ठोस परिस्थितिको ठोस विश्लेषण र ठोस अन्तर्विरोधको ठोस समाधान नै विश्वविद्यालयको प्राज्ञिक निर्णयको जीवित आत्मा हुनेछ । विश्वविद्यालयभित्रै विश्वविद्यालय खोज्नुपर्ने परिस्थिति अन्त्य हुनेछ । कर्णाली प्रदेशको दृढ शैक्षिक आकांक्षा–गुणस्तरीय र व्यवहारिक शिक्षाको नारालाई साकार रूप दिन प्रतिष्ठित प्रतिस्पर्धी र सुविधा सम्पन्न शैक्षिक नेतृत्वकर्ताको केन्द्रभाग बन्नेछ । प्राज्ञिक प्रक्रिया गतिवान बनोस, विचारले नहारोस । अबको विश्वविद्यालय र नेतृत्वको निर्णय क्षमता, योग्यता, मूल्य र मान्यताको औजार बनोस् । यस क्षेत्रका यूवाहरू डिग्रीको सार्टिफिकेट बाँड्ने विश्वविद्यालयका भरिया होइन, योग्यता, क्षमता, ज्ञान र सीपका सामाजिक अगुवा बनुन् । अशिक्षाको सम्राज्यबाट शैक्षिक सम्राज्यले उम्रिन पाइराखोस् । शिक्षामा सुधार मात्रै होइन परिवर्तन र रूपान्तरणको प्रक्रियामा अग्रस्थान लिनेछ । संस्था सञ्चालनको जिम्मा लिएकाहरूले टाउको बेचेर टोपी र खुट्टा बेचेर जुत्ता किन्नु हुन्न भन्ने नबुझ्दा सिंघो शरीरको विनास हुने कुराको हेक्का भैदिओस् ।
साझा बिसौनी ।