कर्णाली प्रदेशको शैक्षिक परिदृश्य
विष्णुकुमार खड्का
नेपालको संविधानको अनुसूची ४ मा उल्लेख भए अनुसारका कर्णालीका पाँच जिल्ला हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोट भेरीका सुर्खेत, दैलेख र जाजरकोट तथा राप्तीका सल्यान र रुकुमको पश्चिमी भागलाई समेटेर १० जिल्लाको कर्णाली प्रदेश बनेको छ । यस प्रदेशको कुल क्षेत्रफल ३१,८७३ वर्ग कि.मि. रहेको छ । कर्णाली प्रदेश २५ नगरपालिका र ५७ गाउँपालिका गरी ८२ स्थानीय तहमा संगठित रहेको छ । यहाँको भौगोलिक उचाईंको कुरा गर्नुपर्दा समुद्री सतहदेखि झण्डै ३०० मिटरदेखि ७००० मिटरभन्दा बढीको उचाइमा फैलिएको छ । जसले गर्दा धरातलीय स्वरूपमा पनि विविधता रहेको छ । यहाँको कूल भूभागमध्य कृषिले चर्चेको क्षेत्रफल ६ प्रतिशत वर्ग कि.मि., वन जंगलले २७.८ प्रतिशत वर्ग कि.मि.क्षेत्रफल ओगटेको, हिउँले २४.३ प्रतिशत वर्ग कि.मि.क्षेत्रफल ढाकेको, पशुचरन ६.४ प्रतिशत वर्ग कि.मि. क्षेत्रफल ओगटेको र मानव बस्तीले १ प्रतिशत वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कूल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार रहेको छ, जसमध्ये महिला ५१.५ प्रतिशत र पुरुष ४८.५ प्रतिशत रहेको देखिन्छ । हालको अनुमानित जनसंख्या १७ लाख एक हजार आठ सय छ जुन समग्र देशको पाँच दशमलब चार प्रतिशत मात्र हो । यसैगरी, देशको जम्मा घरधुरीहरूमा दुई लाख ९८ हजार तीन सय ६० अर्थात् ६ प्रतिशत घरधुरी यस प्रदेशमा रहेका छन् । यस प्रदेशमा प्रति सय वर्ग किमि क्षेत्रफलमा मोटरबाटोको घनत्व केवल आठ दशमलव ७२ किलोमिटर मात्र छ जबकी अन्य प्रदेशमा यो दर १८ देखि ७१ किमिसम्म छ । कर्णाली प्रदेशको मानव विकास सूचक सबैभन्दा न्यून ०.३९० छ जबकि राष्ट्रिय औसत ०.४९० छ । सरदर आयु सबैभन्दा कम अर्थात् ५५ दशमलब ६ वर्ष मात्र छ जबकि राष्ट्रिय औसत करिब ६१ बर्ष छ । त्यसैगरी, औसत प्रतिव्यक्ति आय पनि राष्ट्रिय औसत सात सय १८ भन्दा निकै कम चार सय ७४ दशमलव ८६ अमेरिकी डलर बराबर मात्र छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको साक्षरता दर (५ वर्ष वा सोभन्दा माथिको) ६५.९ प्रतिशत रहेको छ । प्रादेशिक विवरण अनुसारको पाँच वर्ष वा सोभन्दा माथिको साक्षरता दर हेर्ने हो भने कर्णाली प्रदेशमा पुरुषको साक्षरता दर ७२.९, महिलाको साक्षरता दर ५३.२ जम्मा ६२.८ रहेको छ । नेपालमा विद्यालय शिक्षालाई पूर्व प्राथमिक (कक्षा १ भन्दा तलको शिक्षा), प्राथमिक (१ देखि ५ कक्षा), निम्न माध्यमिक (६ देखि ८ कक्षा), माध्यमिक (९ र १० कक्षा) र उच्च माध्यमिक (११ र १२ कक्षा) गरी पाँच तहमा विभाजन गरी औपचारिक शिक्षा प्रदान गर्दै आएकोमा हाल आएर नेपाल सरकारले कक्षा १ देखि ८ सम्मलाई आधारभूत शिक्षा र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षा गरी दुई तहमा विभाजन गरेकोे छ । नेपालमा शैक्षिक वर्ष २०७४ मा कूल एक लाख तीन सय ६३ विद्यालय रहेको देखिन्छ । प्रादेशिक विवरण हेर्दा कूल विद्यालय कर्णाली प्रदेशमा जम्मा सात हजार आठ सय ५८ जसमध्ये पूर्व प्राथमिक दुई हजार सात सय ११, प्राथमिक तीन हजार एक सय ६१, निम्न माध्यमिक एक हजार एक सय ८२, माध्यमिक पाँच सय ७४ र उच्च माध्यमिक दुई सय ३० रहेका छन् विद्यालय शिक्षामा शिक्षक शिक्षिकाको अनुपात महिलाहरू बढी तल्लो तहमा र पुरुषहरू बढी माथिल्लो तहमा अध्ययापन गराउने गरेको तथ्यांकले समेत पुष्टी गर्दछ । नेपालमा शिक्षक शिक्षिकाको जि.पि.आइ हेर्दा कर्णाली प्रदेशमा प्राथमिक तहमा ०.५४, निम्न माध्यमिकमा ०.३१, माध्यमिकमा ०.१८ र उच्च माध्यमिक तहमा ०.१२ प्रतिशत रहेको देखिन्छ । नेपालमा प्राथमिक तहमा एक शिक्षक÷शिक्षका बराबर १८ जना विद्यार्थी रहेको देखिन्छ भने सो को अनुपात तहको वृद्धिसँग बढेको देखिन्छ । निम्न माध्यमिक तहमा एक शिक्षक÷शिक्षका बराबर २९ जना विद्यार्थी, माध्यमिक तहमा २५ जना विद्यार्थी र उच्च माध्यमिक तहमा ३९ जना विद्यार्थी रहेको देखिन्छ । प्रदेशगत विवरण हेर्ने हो भने कर्णाली प्रदेशमा प्राथमिक तहमा २५, निम्न माध्यमिक तहमा ३४, माध्यमिक तहमा ३२ र उच्च माध्यमिक तहमा ३१ रहेको देखिन्छ (स्रोत ँबिकज क्ष् चभउयचत द्दण्ठद्ध ९द्दण्ज्ञठरज्ञड० शिक्षा विभाग, सानोठिमी, भक्तपुर) । शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलको तथ्यांक अनुसार कर्णाली प्रदेशमा आधारभूत तहमा एक शिक्षकले ५० विद्यार्थी अध्यापन गराउनुपर्ने बाध्यता छ भने माध्यमिक तह (९–१२ ) मा ५४ जना विद्यार्थी अध्यापन गराउनुपर्छ ।
नेपालमा शैक्षिक वर्ष २०७४ को कूल भर्ना दर प्राथमिक तहमा १३२.३, निम्नमाध्यमिक तहमा १०८.०, माध्यमिक तहमा ८०.३ र उच्च माध्यमिक तहमा ४०.९ रहेको देखिन्छ । कूल भर्ना दर प्रदेशिक तहमा हेर्दा कर्णाली प्रदेशमा प्राथमिक तहमा छात्रा १४०.५, छात्र १२८.३ र जम्मा १३४.४, निम्न माध्यमिक तहमा छात्रा १०९.७, छात्र १०६.२ र जम्मा १०७.९, माध्यमिक तहमा छात्रा ७९.०, छात्र ८४.६ र जम्मा ८१.८, र उच्च माध्यमिक तहमा छात्रा ३८.२, छात्र ३५.९ र जम्मा ३७.० रहेको देखिन्छ । त्यसै गरी नेपालमा शैक्षिक वर्ष २०७४ को खुद भर्ना दर प्राथमिक तहमा ९७.२, निम्नमाध्यमिक तहमा ८७.४, माध्यमिक तहमा ६५.९ र उच्च मध्यमिक तहमा २२.० रहेको देखिन्छ । खुद भर्ना दर प्रदेशिक तहमा हेर्दा कर्णाली प्रदेशमा प्राथमिक तहमा छात्रा ९७.७, छात्र ९८.१ र जम्मा ९७.९ , निम्न माध्यमिक तहमा छात्रा ८६.८ छात्र ९०.३ र जम्मा ८८.५, माध्यमिक तहमा छात्रा ६१.२, छात्र ६२.८ र जम्मा ६२.०, र उच्च माध्यमिक तहमा छात्रा २०.५, छात्र २३.६ र जम्मा २२.१ रहेको देखिन्छ (स्रोत Flash I report 2074 (2017/18) शिक्षा विभाग, सानोठिमी, भक्तपुर) । कर्णाली प्रदेशमा तीन वटै तहमा तीन हजार एक सय ९९ सामुदायिक विद्यालयहरू छन । तथ्यांक अनुसार उक्त विद्यालयमा नौ हजार आठ सय ४६ जना शिक्षकहरू कार्यरत छन् । चार लाख ९२ हजार ६ सय ९० विद्यार्थीहरू आधारभूत तहमा अध्ययनरत छन् । यस्तै माध्यामिक तहमा राहत, अस्थायी र स्थायी गरी एक हजार आठ सय २९ शिक्षकहरू कार्यरत छन् । कर्णालीमा हाल एक लाख तीन सय १३ विद्यार्थी माध्यमिक तहमा अध्ययनरत छन् ।
साझा बिसौनी ।