महासंघमा योगी

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ असोज ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतको अध्यक्षमा सुमननाथ योगी चयन भएका छन् । महासंघको छैठौं वार्षिक साधारणसभा तथा पाँचौ विशेष जिल्ला अधिवेशनबाट योगीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
उक्त समितिको वरिष्ठ उपाध्यक्षमा मायाराम न्यौपाने, महासचिवमा राधा श्रेष्ठ र कोषाध्यक्षमा गगनसिंह एलजी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा शुष्मा मल्ल, रत्नबहादुर रानाक्षेत्री, श्यामबहादुर नेपाली, तेजबहादुर रोकाय, सावित्री योगी, चन्द्रकला नेपाली, टेकबहादुर टमाटा, चन्द्रकला थापामगर, शरदकुमार चलाउने, नन्दराम वली र हिमाकुमारी उपाध्याय रहेका छन् । यस्तै महासंघको केन्द्रीय प्रतिनिधिमा हरिषचन्द्र चलाउने, चन्द्रबहादुर बिसी, वीरबहादुर नेपाली, ललिता आचार्य, भिमराज शर्मा र भक्तबहादुर जिसीलाई चयन गरिएको छ ।

प्रकाशित मितिः   २२ आश्विन २०७५, सोमबार १५:४८