बुद्ध प्रतिमा निर्माण गर्न महोत्सव
सुर्खेत, १८ असोज । (साविस)
वीरेन्द्रनगरको लाटीकोइलीमा बुद्धको प्रतिमा निर्माण गर्नका लागि आवश्यक रकम जुटाउन महोत्सव आयोजना गरिने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले आउँदो कार्तिक ९ देखि १९ गतेसम्म सुर्खेतमा महोत्सव आयोजना गर्न लागेको हो ।
कृषि तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन व्यापार मेला आयोजना गर्न लागिएको आयोजक जनजाति महासंघले बिहीवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकायाले महोत्सवबाट आएको आम्दानीले लाटीकोइलीमा निर्माणाधीन बुद्धशरोवरमा गौतम बुद्धको प्रतिमा निर्माण गरिने जानकारी दिए ।
आदिवासी तथा जनजातिहरूका लोप हुँदै गएका कला संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्नका लागि टेवा पु¥याउने उद्देश्यले पनि महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ । ‘पछिल्लो समय लोप हुँदै गएको विभिन्न जातिका कला संस्कृतिको संरक्षण र सम्वद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको हो’ महासंघ सुर्खेतका उपाध्यक्ष जीवनकुमार शाक्यले भने । मेलाबाट करिब एक करोड बराबरको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।
१० दिनसम्म चल्ने मेलामा घरेलु उद्योगबाट उत्पादित वस्तुहरू, जडिबुटी, पर्यटकीय स्थलहरूको प्रचार–प्रसार, दैनिक उपभोग्य सामानहरू लगायतका स्टलहरू राखिनेछ । महोत्सवमा दुई सय ५० बढी स्टहरू रहनेछन् । नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतको मुख्य प्रायोजक रहेको महोत्सवमा कर्णाली प्रदेशको सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका, नेपाल जनजाति महासंघका आबद्ध विभिन्न १४ वटा जातीय संस्थाहरू सह–आयोजकको रूपमा रहेका छन् ।
यस्तै महोत्सवमा सुन्दर–सुन्दरी प्रतियोगिता समेत आयोजना गरिनेछ । साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्र र हालको कर्णाली प्रदेशमा आदिवासी जनजातिहरूको बाहुल्यता रहेको भन्दै आदिवासी जनजाति सुन्दर÷सुन्दरी प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुने सुन्दरीहरूमध्ये उत्कृष्टलाई सम्मान र पुरस्कारसमेत दिइने छ ।
साझा बिसौनी ।