यू–१९ क्रिकेट सिरिज हुँदै

सुर्खेत, १८ असोज । (साबिस)
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा यू–१९ मैत्रीपूर्ण क्रिकेट सिरिज हुने भएको छ । एमएस क्रिकेट एकेडेमीको आयोजनामा उक्त सिरिज हुन लागेको हो ।
सिरिज असोज १९ र २० गते कालूङ्गचौक रंगशालामा सञ्चालन हुने एमएस क्रिकेट एकेडेमीका सौगात कार्कीले बताए । उनका अनुसार एमस क्रिकेट एकेडेमी सुर्खेत र नेपाल स्टार्स क्रिकेट क्लब कोहलपुरबीच प्रतियोगिता हुनेछ । प्रतियोगितामा पहिलो र दोस्रो खेल २०÷२० ओभरको हुनेछ भने अन्तिम खेल ३० ओभरको हुने एकेडेमीका सञ्चालक एवम् प्रशिक्षक रविन्द्र जंग शाहीले बताए ।
उनले क्रिकेटलाई थप निखार ल्याउन र एकेडेमीका खेलाडीहरूको हौसला बढाउनका लागि उक्त सिरिज सञ्चालन गर्न लागेको जानकारी दिए ।

प्रकाशित मितिः   १९ आश्विन २०७५, शुक्रबार १४:१५