सुर्खेतका बिसी धर्मश्रीमा सहभागी हुँदै
साझा बिसौनी संवाददाता
सुर्खेत, १७ असोज ।
काठमाडौंमा हुन लागेको धर्मश्री बडिविल्डीङ्ग प्रतियोगिताका लागि सुर्खेतबाट खेलाडी विष्णु बिसी सहभागी हुने भएका छन् । जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गिरी र मिड वेष्ट्र्रन फिटनेस सेन्टरका सञ्चालक प्रमोद हमालले बिसीलाई बुधवार बिदाइ गरेका हुन् ।
१५ औं धर्मश्री बडिविल्डीङ्ग प्रतियोगिता असोज १९ र २० गते काठमाडौंमा हुँदैछ । विगत तीन वर्षदेखि मिड वेष्ट्र्रन फिटनेस सेन्टरले धर्मश्री प्रतियोगिताका लागि खेलाडीलाई प्रशिक्षण दिएर सहभागी गराउँदै आएको छ । प्रतियोगिताका लागि सहभागी भएका बिसीलाई राम्रो प्रदर्शन गर्न जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरी र मिड वेष्ट्र्रन फिटनेस सेन्टरका सञ्चालक हमालले शुभकामना व्यक्त गरेका थिए ।
बिसीलाई खेल अवधिमा लाग्ने सम्पूर्ण खर्चसमेत मिड वेष्ट्र्रन फिटनेस सेन्टरले व्यहोर्दै आएको छ । यसअघिका प्रतियोगितामा सहभागी भएका विष्णु योगी र समेश रानामगर टप पाँचौं स्थानमा पुगेका थिए ।
साझा बिसौनी ।