करको दायरा बढाइने
साझा बिसौनी संवाददाता
सुर्खेत, १६ असोज ।
अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले मुलुकको अर्थतन्त्र बलियो बनाउन करको दायरा बढाइने बताएका छन् । मंगलवार वीरेन्द्रनगरमा आन्तरिक राजस्व कार्यालयको भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सचिव ढुंगानाले कार्यालयको स्थापनासँगै सबैलाई करको दायरामा ल्याइने बताए । सरकारले राजश्व संकलनसँगै अनिवार्य रूपमा गर्नुपर्ने खर्चका लागि स्रोतको जो हो गर्न थालेको उनले जानकारी दिए । विभिन्न कार्यक्रम सञ्चालन गरी सरकार र निजी क्षेत्रको लगानीलाई आकर्षित गर्दै आठ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सरकारले राखेको उनको भनाइ छ । ‘राजश्व कार्यालयले १२ प्रकारका सेवा दिन्छ’ उनले भने, ‘कर्णाली प्रदेशको आर्थिक गतिविधिलाई तीव्रता दिन र लगानीको वातावरण बनाउन सहयोग पुग्छ ।’
दिगो आर्थिक विकासका लागि राजश्व महŒवपूर्ण भएको भन्दै उनले राजश्वको दर भन्दा दायरालाई विस्तार गरिने बताए । आन्तरिक राजस्व कार्यालयले कर्णालीमा लगानीको वातावरण तयार गर्न महŒवपूर्ण भुमिका खेल्ने बताएका छन् । राजश्व कार्यालयले कर संकलन गर्ने मात्र नभइ लगानीयोग्य वातावरण सिर्जना गर्न पनि मद्दत पु¥याउने बताए । कार्यक्रममा बोल्दै आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले कर समयमा तिर्न सबैलाई आग्रह गरे । करदाता शिक्षाका लागि विभाग सधैं तत्पर रहेको उनको भनाइ छ ।
साझा बिसौनी ।