सहकारीद्वारा सुझाव संकलन

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ असोज ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले वार्षिक साधारणसभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रम सम्बन्धि सुझाव संकलन गरेको छ । मंगलवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी संस्थाले सुझाव संकलन गरेको हो ।
असोज २७ गते हुने २० औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने निति तथा कार्यक्रमका साथै आगामी वर्ष २०७५÷०७६ को लागी संस्थाको प्रतावित वजेटका सम्वन्धमा संस्थाका शेयर सदस्यहरूसँग सुझाव संकलन गरिएको हो ।
कार्यक्रममा पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य यामलाल कँडेल, राजु गुइदेल, वीरेन्द्रनगर ४ का वडा अध्यक्ष निलकष्ठ खनाल लगायतले सहकारीले गरिरहेको काम प्रशंसनीय रहेको भन्दै थप सफलताको शुभकामना व्यक्त गरेका थिए । उनीहरूले सहकारीका माध्यमबाट आम नागरिकको जीवनस्तरमा सुधार ल्याउने काम गर्न
सुझावसमेत दिएका थिए । संस्थाका अध्यक्ष हरिहरनाथ योगीको सभापतित्वमा सम्पन्न भएको संस्थाका सचिव यामराज गिरीले जानकारी दिए ।

प्रकाशित मितिः   १७ आश्विन २०७५, बुधबार १६:१४