फोहोर व्यवस्थापनबारे अभिमुखीकरण

सुर्खेत, १५ असोज । (साबिस)
जनसेवा माध्यमिक विद्यालय घुस्रा सुर्खेतमा फोहोर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । विंग्स फाउण्डेशन सुर्खेतको आयोजनामा फोहोर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गोष्ठी सञ्चालन गरिएको हो ।
गोष्ठीको सहजीकरण गर्दै बालरोग विशेषज्ञ एवम् फाउण्डेशनका अध्यक्ष डा. नवराज केसीले हरेक नागरिकले व्यक्तिगत र सामुदायिक सरसफाइमा ध्यान दिनुपर्ने बताए ।
फोहोर व्यवस्थापनका लागि फाउण्डेशनले वीरेन्द्रनगर नगरपालिकामा प्रत्येक शनिवार सरसफाइ सम्बन्धी काम गर्ने गरेको पनि जानकारी दिए । डा. केसीले आगामी दिनमा सरसफाइ सम्बन्धी कार्यलाई अझै प्रभावकारी बनाउने योजना अनुरूप सुर्खेत जिल्लाभरी नै काम गर्ने तयारी भइरहेको बताए । विद्यालयका प्रधानाध्यापक भक्तबहादुर शाहीले विद्यालयले पनि विद्यार्थीहरूलाई सरसफाइ र फोहोर व्यवस्थापन सम्बन्धी ज्ञान दिने बताए ।

प्रकाशित मितिः   १६ आश्विन २०७५, मंगलवार १७:१२