अखिल छैठौंमा बुढा

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ असोज ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति सुर्खेतको अध्यक्षमा हरिबहादुर बुढा चयन भएका छन् । आइतवार वीरेन्द्रनगरमा सम्पन्न अखिल छैठौंको १५ औं जिल्ला भेलाले बुढाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिपक पोखरेल, सचिवमा भुमिका थापा, सह–सचिवमा डिलबहादुर सुनार र कोषाध्यक्षमा शिल्पा रावल चयन भएका छन् । यसैगरी सदस्यहरूमा रामबहादुर बस्नेत, कर्ण रेग्मी, भुवन रोकाय, अर्जुन शाही, धर्मराज चलाउने रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले मुलुकको हितमा विद्यार्थी आन्दोलनले भूमिका निर्वाह गर्नुपर्ने बताए । अखिल छैठौंका केन्द्रीय सदस्य भूमिका थापाले अहिलेको विद्यार्थी आन्दोलन शैक्षिक निजीकरण र संघीयताको खारेजीका लागि केन्द्रित हुनुपर्ने बताइन् ।