सहयोगको याचना

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ असोज ।
हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ नेप्काका युकेश तामाङ्गको उपचारका लागि परिवारले आर्थिक सहयोगको याचना गरेका छन् । गत भदौ ३० गते सुख्खा पहिरोमा परी घाइते भएका युकेशलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि परिवारले सहयोगका लागि अपिल गरेको हो ।
चट्टान फुट्दा गएको पहिरोमा परी तामाङको टाउकोमा गम्भीर चोट लागेको थियो । हाल उनको नेपालगन्जस्थित मेडिकल कलेज बाँकेमा आईसीयूमा राखी उपचार भइरहेको घाइते बालकका बुबा प्रेमाछिरिङ्ग तामाङले बताए ।
घरमा आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको उनले बताए । बालकको उपचारका लागि सहयोग गर्न चाहानेले नरजन तामाङको सम्पर्क नं. ९८४८२२५३२१ र बुबा पेमाछिरिङ तामाङको ९८४८३८५५१६ मा सम्पर्क गर्न सकिनेछ ।