आलोपालोको साधारणसभा

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ असोज ।
जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसीले मुलुकको अर्थतन्त्रमा सहकारी क्षेत्रको भूमिका महŒवपूर्ण रहेको भन्दै यसलाई अझै व्यवस्थित बनाउँदै लैजानुपर्ने बताएका छन् । आलोपालो बचत तथा ऋण सहकारी संस्थाको शनिवार वीरेन्द्रनगरमा भएको ११ औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
सहकार्य र योजनाबद्ध रूपमा काम गरे सरकार नै सहकारीप्रति अपेक्षाकृत बन्ने उनको तर्क थियो । ‘कुनैबेला एक हजार रूपैयाँका लागि साहुमहार्जनको हली हुनुपथ्र्यो अहिले सहकारीका कारण त्यो अवस्था आएको छैन । सहकारीले लाखौं रूपैयाँ आफ्ना शेयरधनीलाई दिएर जीवनस्तर उकास्न मद्दत गरको छ’ उनले भने । उनले थपे ‘पहिले सहकारीले सरकारको आश मान्दै बस्ने अवस्था थियो भने अहिले सरकारले सहकारीको आशा मान्नुपर्ने बेला आएको छ ।’
कार्यक्रममा बोल्दै शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सचिव उत्तम आचार्यले सहकारी सानो–सानो पूँजीको संकलन केन्द्र भएको बताएका छन् । वृद्ध, एकल र विद्यार्थीलाई सम्मान गर्ने आलो–पालो सहकारी जस्तो सुर्खेतमा अरु नभएको समेत उनले बताएका थिए । त्यस्तै सहकारीले सधैं झै यो वर्ष पनि शेयरधनीमध्येका २५ जना वृद्धवृद्धा तथा एकल महिला र कक्षा ८ र एसईईमा सर्वोउत्कृष्ट अंक ल्याउने शेयरधनीका पाँच जना बालबालिकालाई समेत सम्मान गरको छ । आगामी दिनमा स्नातक तथा स्नातकोत्तर पास गर्ने शेयरधनी तथा शेयरधनीका छोराछोरीलाई समेत सम्मान गरिने संस्थाका अध्यक्ष जगत बिसी बताएका छन् । उनले भने ‘स्नातक तथा स्नातकोत्तर पास गर्ने शेयरधनी तथा शेयरधनीका छोराछोरीलाई सम्मान गर्ने निर्णय साधारणसभाबाट पास भएको छ । यो विशेष गरी पढ्नका लागि उत्प्रेरित गर्न गरिएको हो ।’
संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा ११ करोड १० लाख ३३ हजार चार सय बराबरको वार्षिक कारोबार गरेको छ । वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको प्रस्तावित कार्यक्रम संस्थाका सचिव कुलबहादुर खत्रीले प्रस्तुत गरका थिए ।

प्रकाशित मितिः   १४ आश्विन २०७५, आईतवार १७:०६