ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ असोज ।
कर्णाली प्रदेश सरकारले ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । सामाजिक विकास मन्त्रालयले शनिवार वीरेन्द्रनगरमा ज्येष्ठ नागरिकहरूको निःशुक स्वास्थ्य परीक्षण गरेको हो ।
निःशुल्क शिविरबाट ७० जना ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । समाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले ज्येष्ठ नागरिकको सम्मान र समाजिक सुरक्षालाई ध्यान दिएर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेसमेत बताए ।
उनले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण, ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा, विपन्न परिवारका ज्येष्ठ नागरिकहरूका लागि ज्येष्ठ नागरिक कल्याणकारी कार्यक्रमहरू पनि ल्याएको जानकारी दिए ।

प्रकाशित मितिः   १४ आश्विन २०७५, आईतवार १७:०५