पार्टीभन्दा माथि उठेर सेवा दिन सुझाव
हिक्मत नेपाली
दैलेख, १२ असोज ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मुलुक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् । जिल्ला समन्वय समिति दैलेखद्वारा आयोजित आ.व. २०७४÷०७५ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले सरकारले विकास निर्माण सम्बन्धी देखेको सपना पूरा गर्न स्थानीय सरकारको भूमिका महŒवपूर्ण हुने बताएका हुन् ।
स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएको बताउँदै मन्त्री ज्वालाले पार्टी भन्दा माथि उठेर जनताका समस्या समाधान हुनेगरी काम गर्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सुझाव दिए । ‘संघीय सरकारले आवश्यक कानुन निर्माण गर्छ, प्रदेश सरकारले विकासका काम गर्छ’, मन्त्री ज्वालाले भने, ‘सोही अनुरूप स्थानीय सरकारले जनतालाई छिटो–छरितो सेवा सुविधा उपलब्ध गराउनुपर्छ ।’
सोही अवसरमा कर्णाली प्रदेशका सांसद अम्मरबहादुर थापाले स्थानीय तहहरूले जनताका माग अनुसार योजना बनाउन सुझाव दिए । ‘जनताले तिरेको करबाट तलब खाएर जनतालाई सेवा दिनपछि हट्न हुँदैन्, जनताको समस्या समाधान गर्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू प्रतिबद्ध हुनुपर्छ’ सांसद थापाले भने ।
साझा बिसौनी ।