शिक्षा क्याम्पस समायोजन गर्न पहल
साझा बिसौनी संवाददाता
सुर्खेत, २६ जेठ ।
सुर्खेत क्याम्पस शिक्षालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजनका लागि पहल गरिने भएको छ । विश्वविद्यालयको पाँचौं सभाले यसका लागि आवश्यक छलफल गर्ने निर्णय समेत गरेको छ ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालय ऐन, २०६९ दफा ३ को उपदफा ९२० मा नेपाल सरकारबाट अनुदान प्राप्त गरी त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सञ्चालित सुर्खेत क्याम्पस (शिक्षा) सुर्खेत, सम्बन्धन प्राप्त वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेत, पब्लिक साइन्स क्याम्पस सुर्खेतलाई विश्वविद्यालयमा समायोजन गर्ने उल्लेख गरिएको छ । वीरेन्द्रनगर बहुमुखी क्याम्पस र पब्लिक साइन्स क्याम्पस समायोजन भइसके पनि शिक्षा क्याम्पस भने समायोजन हुनसकेको छैन । आवश्यक प्रक्रिया पूरा गरी शिक्षा क्याम्पसलाई पनि समायोजन गर्न छलफल र पहल गरिने भएको छ ।
साझा बिसौनी संवाददाता ।