प्रधानमन्त्रीलाई ज्ञापनपत्र

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ असोज ।
पछिल्लो समय महिला र बालबालिकामाथि हुने हिंसाका घटना बढेको भन्दै अन्तरपार्टी महिला सञ्जाल सुर्खेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । सञ्जालले आइतवार जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमार्फत् सञ्जालले हिंसाका घटना दोहोरिरहेको तर पीडकलाई कुनै कारबाही नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । देशभर भएका हिंसाका घटनाका दोषीलाई कुनै बहानामा उन्मुक्ति दिन नहुने विज्ञप्तीमा उल्लेख छ ।
‘हरेक घटनाको गम्भीरतापूर्वक छानविन गरी सत्यतथ्यका आधारमा सम्पूर्ण अपराधीहरूलाई कारबाही गरियोस्’ विज्ञप्तीमा भनिएको छ, ‘यस्ता घटना पुनः दोहोरिन नदिन पुलिस र प्रशासनलाई अझै जिम्मेवार र संवेदनशील बनाउनुपर्छ’ सञ्जालले विज्ञप्तीमार्फत् संवेदनशील घटनाहरूको गम्भीरतापूर्वक कदम चाल्नको लागि माग गरेको अन्तरपार्टी महिला सञ्जालका सचिव यामुना सापकोटाले जानकारी गराइन् ।

प्रकाशित मितिः   ९ आश्विन २०७५, मंगलवार १५:५५