२१ तोला सुनसहित एक जना पक्राउ
साझा बिसौनी संवाददाता
सुर्खेत, ६ असोज ।
प्रहरीले २१ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको सुब्बाकुना चेकपोस्टबाट नेपालगन्ज उप–महानगरपालिका–१४ बाँकेको सुनारमण्डीस्थित नयाँराज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढ पक्राउ परेका हुन् ।
भे ५ प १८ नम्बरको मोटरसाइकलमा सवार जसगढलाई ६ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष ब्यूरोले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी श्यामसिंह चौधरीका अनुसार प्रहरीको चेकजाँच गर्ने क्रममा उनी भागेका थिए । चेकपोष्टबाट करिब एक सय मिटरसम्म भागेका उनलाई प्रहरीले पिछा गर्दै समातेको हो ।
‘चेकजाँच गर्दा भाग्न खोजेपछि पक्राउ परेका उनलाई खान तलासी गर्दा सुनका विभिन्न सामग्रीहरू बरामद गरिएको छ’ उनले भने, ‘आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पत्रसहित बुझाएका छौं ।’ राजस्व अनुसन्धान कार्यालय कोहलपुरले म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । बरामद गरिएको सुन करिब १२ लाख रूपैयाँ बराबर रहेको प्रहरीले बताएको छ ।
साझा बिसौनी संवाददाता ।