मन्दिर सरसफाइ

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ असोज ।
सामाजिक सेवा दिवसको अवसरमा देउती बज्यै मन्दिर परिसरमा सरसफाइ गरिएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वीरेन्द्रनगरको प्रमुख धार्मिक पर्यटकीय स्थल देउती बज्यै मन्दिर परिसरमा सरसफाइ गरेको हो ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत देउती बज्यै मन्दिर परिसरको सरसफाइ तथा असहाय तथा अशक्तहरूलाई फलफूल वितरण गरेको हो । शाखाका शाखा प्रबन्धक गोविन्द ढकालले कम्पनीले स्थापनाको एक वर्षको अवधिमा २० वटा शाखा र २२ वटा उपशाखा कार्यालयहरूको स्थापना गरिएको बताए । अधिकांश जिल्लाहरूमा अभिकर्ता तालिम र बीमालेख बिक्री तथा बीमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गरिएको उनले बताए ।
कम्पनीले गत आर्थिक वर्षमा वैदेशिक रोजगार बीमा बाहेक विभिन्न ११ प्रकारका बीमा योजनाहरूमा नौ हजार आठ सय २१ पोलिसी बिक्री गरी २९ करोड ६९ लाख ७५ हजार ६ सय ६५ रूपैयाँ प्रिमियम संलकन गरेको उनले जानकारी दिए ।