सपनाः कलरफूल या ब्ल्याकेन ह्वाइट

क्रान्ति शर्मा

हामी प्रत्येक मान्छे जोसँग अनेकौं सपनाहरू हुन्छन् । सपना प्रत्येकले देख्छन् । कसैका सपना सादा हुन्छन् त कसैका करलफूल अर्थात
रंगीन । कसैका सपना पूरा हुन्छन् त रहन्छन् कसैका अधुरा ।
एक पटक लेखेको ‘मलाई सपनाहरूसँग मोह छ, रातहरूसँग होइन’ लेख्नु सम्म न हो शब्दहरू कति गह्रौ हुन्छन् या हलुका पत्तै हुन्न । बिहान ब्युझिँदा रातमा देखका सपनाहरू एकएक गरी हाम्रा मानसपटलमा घुम्न थाल्छन् । यस्तो देखे अब के होला ? किन देखँे होला ? आदि ।

एक साँझ कसैले सोध्यो ‘तिमीले देख्ने सपना ब्ल्याकेन ह्वाइट हुन्छन् या कलरफूल ?’
प्रश्न सामन्य थियो, मैले पनि जवाफ समयमै दिएँ,
‘खै त, थाहा हुन्न त ।’
अनि अर्थ लगाउन खोजेँ त मलाई प्रश्न पनि गहिरो र जवाफ पनि गहिरो लाग्यो । सब जटिल झैं लाग्यो,
अँ साँच्चै तपाईं नै भन्नुस् न, ‘तपाईले रातमा देख्ने सपना ब्ल्याकेन ह्वाइट हुन्छन् या कलरफूल हुन्छन् ?’
प्रत्येक उमेर, अवस्था अनुसारकै हो मान्छेहरूले देख्ने सपनाहरू पनि फरक–फरक नै हुन्छन् । हामीले आफू उडेको, रोएको, हाँसेको, कसैसँग भेटेको, कसैसँग झगडा गरेको इत्यादी सपनाहरू निन्द्रामा देख्ने गर्छौं । र देखिसकेपछि त्यसका अर्थहरू खोज्ने गर्छौं ।
टिभी जस्तै सादा या रंगीन, हामीले देख्ने सपनाका चित्रहरू कसरी देख्छौं ? हामीलाई थाहा हुन्छ या हुँदैन ? त्यो तपाईं नै जान्नुस् । म यति जान्दछु कि सपना सपना नै हुन् जस्ता पनि हुन्छन् । तर रंगीन या सादा मैले छट्याउन आधार पाइनँ ।

सपनाले बोकेको महŒव, अर्थ, सार्थकता कति केले नाप्न सकिन्छ त्यो म जन्दिनँ । सपनाले अर्थ त राख्छन् नै, याद पनि राख्छन्, हाम्रा मनभित्रका अनगिन्ती कुराहरूलाई प्रतिनिधित्व गर्छन । सपनाले हसाउँछन् रुवाउँछन् ।
अन्तमा,
‘साँच्ची सपना कलरफूल हुन्छन् या ब्ल्याकेन ह्वाइट’
म सोच्छु शब्दहरू पनि रंगीन या सादा हुन सक्छन् । ती सपनाहरू लेख्यो भने मान्छेलाई रंगीन या सादा जुन पनि फिल हुनसक्छ । शब्द हुन्छन् नै यस्तै । सपना पनि त पल जस्तै हुन हरेक मनिसका निम्ती एउटा मान्छेलाई खुशी बनाउनमा सहयोग सपनाले पनि त गर्छन् । सपना त सपना हुन नि जस्ता देखेपनि ।

प्रकाशित मितिः   ६ आश्विन २०७५, शनिबार १६:२९