रोजेकै विषय पढ्न पाउँ
वीरेन्द्रनगर नगरपालिका–११ धुलियाविट सुर्खेतमा बुबा निर्मलप्रसाद ढकाल र आमा खगीसरा ढकालको कोखबाट जन्मिएकी कविता ढकाल सानैदेखि चञ्चले स्वभावकी थिइन् । चारबहिनीमध्ये घरकी कान्छी छोरी कविताको सानैदेखि व्यवस्थापन विषय पढ्ने ईच्छा थियो । वि.सं. २०५९ साल जेठ २ गते जन्मिएकी उनी एसएलसी उत्र्तीण गरेपछि आफ्नै रोजाइको विषय पढ्न सफल भइन् । पढाइबाहेक अतिरिक्त क्रियाकलापमा समेत कविताको उत्तिकै रुचि छ । पढाइमा असफलताको अनुभव कवितालाई छैन । भविष्यमा के बन्ने भन्ने निर्णय नगरेको बताउने कविता ढकालले आफ्नो कलेज लाइफको कथा साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी सुनाइन्ः
म सानैदेखि व्यवस्थापन विषय लिएर पढ्न चाहान्थें । पढाइ पनि राम्रै थियो । मलाई पढाइमा असफलताको अनुभव आजसम्म पनि भएको छैन ।
घरकी कान्छी छोरी भएर नि होला मलाई मेरो बुबा–आमाले मेरो ईच्छाको विषय पढ्न दिनुभयो । त्यो पनि म विद्यालय शिक्षा लिएको ठाउँमा । मैले वि.स. २०७३ सालमा श्री शिव उच्च माध्यमिक विद्यालय धुलियाबिटबाट एसएलसी पास गरें । मैले विद्यालयल शिक्षा ग्रहण गरेकै विद्यालयमा उच्च शिक्षा हासिल गर्न पाउँदा एकदमै खुशी लागेको छ । मेरो कलेजको पहिलो दिन एकदमै रमाइलो भयो । एक कक्षादेखि नै सँगै पढेका साथीहरूसँग पनि कलेजको पहिलो दिनेको अनुभूति गर्न पाइयो । त्यसमा म एकदमै खुशी भएँ । कलेजबाट फर्कंदा पनि मलाई खुशी नै लाग्यो । म कलेजबाहेक घरमा त्यही चार घण्टासम्म पढ्ने गर्दछु ।
विद्यालयको पढाइ र कलेजको पढाइमा मलाई कत्ति पनि फरक लागेन किनकि म विद्यालयस्तरबाट नै शिव उच्च माध्यमिक विद्यालय धुलियाबिटमा पढेको । शिक्षकहरूले सधैं मलाई माया नै गरिरहनुभयो । शिक्षकहरूको पढाउने शैली पनि उत्तिकै राम्रोे तर विद्यालयमा फरक–फरक शिक्षकले फरक–फरक विषय पढाउँदै आएको बेलामा कलेजमा भने एउटै शिक्षकले धेरै विषय पढाउँदा त्यति राम्रो लाग्दैन । अन्य कुराहरूमा त कलेजमा एकदमै रमाइलो हुने गर्दछ ।
मैले क्लास बंक कहिल्यै पनि गरेको छैन । फिल्म हेर्नसमेत गएको छैन । बाहिरबाट त फिल्म हल देखेको छु तर हलभित्र गएको छैन ।
कलेजको सबै भन्दा मनपर्ने पक्ष भनेको आफूले रोजेको विषय पढ्न पाइने रै’छ त्यो एकदमै मनपर्दछ । मन नपर्ने विषय एउटै शिक्षकले धेरै विषय पढाउँदा मन पर्दैन ।
मलाई प्रेमको परिभाषा त आउँदैन । मायालाई कसरी परिभाषामा भन्नु र ? तर मलाई मेरो बुबा–आमा र दिदीहरूको एकदमै माया लाग्छ । हाम्रो समाजले प्रेम भन्ने बित्तिकै केटा र केटीको सम्बन्धलाई सम्झन्छ तर मैले मेरो बुबा–आमा र दिदीहरूलाई सम्झन्छु ।
मेरो बुबा–आमा व्यापार गर्नुहुन्छ । ठूली दिदीको बिहे भयो । माइली दिदीको जागीर छ र साइली दिदी अध्ययनको लागि जापानमा हुनुहुन्छ । म घरकी कान्छी छोरी हुँ । बुबा–आमाको काख छोड्न त्यति राम्रो लाग्दैन ।
मलाई पढाइ बाहेक कलेजमा विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुन मन लाग्छ । मैले कति पटक नृत्यमा पनि सहभागी भएकी छु । समाजसेवामा पनि मेरो त्यत्तिकै रुची छ । सबैभन्दा ठूलो भनेको त पढाइ हो त्यो सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यार्थीहरूले ध्यान दिन जरुरी छ । जसका कारण विद्यार्थीहरूमा ट्यालेन्टसीप आउने गर्दछ ।
घुम्न पनि मलाई एकदमै मनपर्छ । नयाँ–नयाँ ठाउँमा घुम्न पाउँदा खुशी लाग्छ । मेरो जीवनमा सुख दुःख बराबर भयो । त्यस्तो दुःखको क्षण पनि छैन र सुखको क्षण पनि छैन ।
साझा बिसौनी ।