‘कर्णालीलाई भलिबलले चिनाउ“छ’

सुर्खेत, २ असोज । (साबिस)
भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गोतमप्रसाद लासिवाले कर्णालीलाई भलिबलबाटै चिनाउन सकिने बताएका छन् । नेपालका एक मात्र अन्तर्राष्ट्रिय भलिबल रेफ्री लासिवाले कर्णाली प्रदेशस्तरीय भलिबल रेफ्री तालिम दिन आउने क्रममा भलिबल खेलको सम्भावनाबारे आफ्नो धारण राख्दै यसका लागि कर्णाली सम्भावित क्षेत्र भएको बताए ।
‘मेरो अनुभवमा कर्णाली भलिबलको लागि नौलो स्थान होइन’ उनले भने, ‘कर्णालीलाई भलिबलले चिनाउन सक्छ ।’ अन्तर्राष्ट्रिय रेफ्री लासिवाले अवसर दिए कर्णालीले यसैमा आफ्नो पहिचान बनाउन सक्ने बताए । अहिले एसियाड खेलमार्पmत् भलिबलमा १५ औं स्थानमा उक्लेको स्मरण गर्दै उनले भलिबलमा आफूहरू सफल भएको दाबी गरे ।
कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले सुर्खेतमा वि.सं. २०२९ सालमा नै राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गरिएको स्मरण गर्दै प्रदेशलाई भलिबलको विकासका लागि सबैको सहकार्य आवश्यक भएको बताए ।

प्रकाशित मितिः   ३ आश्विन २०७५, बुधबार ११:३६