संविधान दिवसमा वक्तृत्वकला

सुर्खेत, २ असोज । (साबिस)
संविधान दिवसको अवसर पारेर मंगलवार वीरेन्द्रनगरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरकार्यपालिका अन्तर्गतको नगर शिक्षा शाखाको आयोजनामा भएको ‘नेपालको संविधान र संघीयता’ विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत १० विद्यालयका १६ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
उक्त प्रतियोगितामा वीरेन्द्रनगरस्थित साउथ एशियन स्कालर्स एकेडेमीका अस्मिता भण्डारीले प्रथम स्थान हासिल गरेकी छिन् । त्यसैगरी इगरब्रिज माध्यमिक विद्यालयका सन्तोषकुमार आचार्य द्वितीय, श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्रामका हृदयन्द्रजंग शाही तृतीय र साउथ एशियनकै जीवन विष्टले सान्तवना स्थान हासिल गरेका छन् ।
आज (बुधवार) हुने संविधान दिवस समारोहमा उक्त प्रतियोगिताका प्रथमलाई चार हजार, द्वितीयलाई तीन हजार पाँच सय, तृतीयलाई तीन हजार र सान्त्वनालाई दुई हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
मंगलवार नै पञ्चपुरी–५ बावियाचौरमा रहेको विद्याज्योति माध्यमिक विद्यालयको आयोजनामा ‘नेपालको संविधान २०७२ पछिको हाम्रो नेपाल’ विषयक वक्तृत्वकला सम्पन्न भएको छ । प्रतियोगितामा विनित रेग्मी प्रथम, प्रतिभा देउवा द्वितीय र चेतन नेपाली तृतीय भएका छन् ।

प्रकाशित मितिः   ३ आश्विन २०७५, बुधबार ११:३६