सुर्खेतमा गणेशमानको सम्झना

साझा बिसौनी संवाददाता
सुर्खेत, २ असोज ।
नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २१ आंै स्मृति दिवस सुर्खेतसहित देशभर विभिन्न कार्यक्रम मनाइएको छ । दिवसको अवसरमा नेपाली कांग्रेस सुर्खेतले स्वर्गीय सिंहको फोटोलाई माल्यार्पण गरी स्मृति दिवस मनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले नेपालको राजनीतिक इतिहासमा नेता सिंहको योगदान महŒवपूर्ण रहेको स्मरण गर्दै उनको विचारलाई मनन् गरेर अगाडि बढ्नुपर्ने समय आएको बताए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिंहले गरेको योगदान जतिसुकै चर्चा गरे पनि कम हुने भन्दै गणेशमान जस्तो स्वार्थरहित राजनीति गर्ने नेताको आवश्यकता रहेको रेग्मीले उल्लेख गरे । स्वर्गीय नेता सिंहले प्रजातन्त्रका लागि नथाक्ने, नडराउने र नझुक्ने राजनेता रूपमा स्थापित रहेको भन्दै अहिलेको नेतृत्व त्यसको विपरित हिँडेको आरोप लगाए ।
लौहपुरुषका नामले समेत चिनिने सिंहले नेपालमा प्रजातन्त्र प्राप्तीका लागि राणाकालदेखि संघर्ष गरेका थिए । जेलबाट भागेर भारत पुग्नुभएका सिंहले वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका हुन् । वि.सं. २०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गरेका थिए । २०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरूलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार सचेत गराउँदै आएका थिए ।

प्रकाशित मितिः   ३ आश्विन २०७५, बुधबार ११:३५