प्रहरी जवान मृत भेटिए
सुर्खेत, १ असोज । (साबिस)
सुर्खेतको गुर्भाकोट नगरपालिकामा एक प्रहरी जवान मकैबारीमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान अमर बोहोरा मृत अवस्थामा भेटिएका हुन् ।
दाङबाट घर बिदामा आएका बोहोरा तीन दिनपछि सोमवार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख बसन्त रजौरेले बताए । ‘तीन दिनदेखि बिदा लिएर घर नपुगेका बोहरा मृत भेटिएका छन्’ उनले भने, ‘आवश्यक अनुसन्धानका लागि पोष्टमार्टम हुन बाँकी छ ।’ उनका अनुसार मृतक बोहराको शव पोष्टमार्टमका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ पु¥याइएको छ । ‘बोहोराको अनुहारमा निलो डाम जस्तो देखिन्छ तर, शरीरमा चोटपटक छैन’ घटनास्थल पुगेका एसपी रजौरेले भने ।
साझा बिसौनी ।