ह्याण्डबलमा साउथ एशियन प्रथम

सुर्खेत, २९ भदौ । (साबिस)
साउथ एशियन स्कलार्स एकेडेमीका छात्राहरूले शुक्रवार वीरेन्द्रनगरमा आयोजित ह्याण्डबल प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् । जिल्ला ह्याण्डबल संघ सुर्खेतको आयोजनामा भएको विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिताको सिनियर छात्रातर्फको उपाधि साउथ एसियनले जितेको हो ।
प्रतियोगिताको सिनियर छात्रतर्फ पनि साउथ एशियन एकेडेमीले तृतीय स्थान हासिल गर्न सफल भएको छ । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीको रूपमा साउथकै मीना वम पुरस्कृत भएकी छिन् । प्रतियोगितामा जिल्लाका विभिन्न पाँच वटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रकाशित मितिः   ३० भाद्र २०७५, शनिबार १६:२८