बाल दिवसमा वक्तृत्वकला

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ भदौ ।
५४ औं बाल दिवसको अवसरमा जनसेवा माध्यमिक विद्यालय घुस्रा सुर्खेतमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘सुखी नेपाली समृद्ध नेपालः बालअधिकार सबैको सरोकार’ विषयक विद्यालयस्तरीय अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।
चार वटा सदनबाट २१ जना विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा निम्न माध्यमिक तहतर्फ सगरमाथा सदनका देवेन्द्र पोखरेल प्रथम, सगरमाथा सदनकै मिलन वली द्वितीय र पवित्रा खड्का तृतीय भएका छन् । माध्यमिक तहतर्फ धौलागिरी सदनका भिमीसरा शर्मा प्रथम, अन्नपूर्ण सदनका अशोक विक द्वितीय र सगरमाथाका गंगा शर्माले तृतीय स्थान हासिल गरेका थिए ।
उच्च माध्यमिकतर्फ कक्षा–११ का प्रकाश बुढा प्रथम, कमला रावत द्वितीय र वीरबहादुर बुढा तृतीय भएका छन् । विद्यालयका प्रधानाध्यापक भक्तबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बाल क्लबका सदस्य निरा पोखरेलले गरेकी थिइन । उक्त कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

प्रकाशित मितिः   ३० भाद्र २०७५, शनिबार १६:२८