छलकपटका मित्रताहरु

क्रान्ति शर्मा
रणनीति जान्न अरु केही गर्नुपर्दैन दुई÷चार जना साथी बनाए पुग्छ । ती दुई–चार जनाले अरु दुई÷चार जना बनाउँछन्, अरुले अरु बनाउँदा–बनाउँदै धेरै दुई –चार बन्छन् । भैरव आर्यलले मानिसलाई त्यत्तिकै आलु भनेको कहाँ छन् र मान्छे हुन्छन् नै आलु जस्तै जता पनि ठिक्कै । राम्रो कुरा दुई–चार जनासम्म पुग्न पनि गाह्रो हुन्छ तर केही कमजोरी भेटियोस् न मात्र कति दुई–चार जनासम्म पुग्छ पुग्छ ।
मित्रता जति नै बलियो होस् न त्यहाँ रणनीति घुसिहाल्छ । हर मान्छे एकले अर्कोलाई कमजोर देख्न चाहान्छ । आफू मै हुँ भन्ने बन्न चाहान्छ ।
राजनीतिमा एउटा प्रख्यात अक्षर छ ‘कु’, हो त्यस्तै एकले अर्कोविरुद्ध ‘कु‘ गर्छ नै । किन गर्छ स्वयम्लाई नै थाहा हुन्न, थाहा भएनि वास्ता हुन्न । यो संसार छ नै यस्तै बहुत रमाइलो ।
यहाँ आफ्नै त विश्वास हुन्न अरु कस्को गर्नु ? मान्छेले आफ्नो कुरा कसैलाई नभन्नु है भनि नजिकको साथीलाई भन्छ । फेरी त्यही साथीले अर्कोलाई कसैलाई नभन्नु भन्दै सुन्ने र सुनाउने दुई–चार बन्छन् । र कसैलाई नभन्नु भन्दा भन्दै कसैलाई नछुटाए जस्तै हुन्छ ।
मान्छे समयले मात्र कहाँ हो र कसरी बदलिन्छ बदलिन्छ । हुनैपर्ने जस्तो नभएपनि केही त खास होस् न मित्रतामा पनि ।
हिजोसम्म दाई भनि बोलेको मान्छेलाई आज ‘बहिनी पर्खिरहिछे राखी बाँध्न आउन न दाई’ भन्दा ऊ नआएपछि दाई भन्ने शब्दबाटै भरोसा उड्छ । तिहारमा रंगीचंगी उमंग बोकेर हातमा माला लिइ सप्तरंगी टिका अगाडि पर्खी बस्दा पनि दाई–भाईले मलाई फुर्सद छैन भनि दिँदा बहुत हाँसो लाग्छ । मान्छेहरूको नियत, सोच, देखेर दिक्क लाग्छ । विश्वासका नाममा गरेको भस्टाचार जस्तै लाग्छ ।
मान्छेहरू अधिकांश मित्रताको कारण पनि कुलतमा फस्छन् । अहिलेको वर्तमान अवस्थामा प्रविधिलाई मान्छेले होइन, मान्छेलाई प्रविधिले चलाउँदैछ । नकारात्मकतामा मान्छेहरू बढी आकर्षण हुने सकारात्मकतालाई भुल्ने बानीले नै यो सव निम्त्याएको छ । युवा माझमा नकारात्मकता फैलिएको हो । एक अर्कामा ठूलो बन्न खोज्नाले छलकपट सिर्जना भएको हो ।
मित्रता भन्दै जे सही गलत कार्यमा सहयात्रा गर्नु नै तितो कुरा हो । मित्रता असल भए मान्छे नै असल बन्छन् तर खराब संगतमा मान्छे फस्यो भने त्यो खराब । नकारात्मक नै बन्ने हो । जसको कारण धेरै पक्ष प्रभावित भइदिन्छ । सकारात्मक सोच, सम्मान, विश्वासविना न सम्बन्ध टिक्छ न त मित्रता न अरु केही नै । सब मिथ्या हो जबसम्म नियत सही हुँदैन ।