मोटरसाइकलको ठक्करबाट बालकको मृत्युु

सुर्खेत, २८ भदौ । (साबिस)
सुर्खेतको पञ्चपुरी नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । पञ्चपुरी–५ स्थित बा ४८ प ७६२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक वर्षीय अभिशेष ढुङ्गानाको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट घाइते भएका अभिशेषलाई उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी श्यामसिंह चौधरीले बताए ।
नाती अभिशेषलाई बोकेर हिँडेकी विस्ना ढुङ्गाना र मोटरसाइकल चालक कैलालीको लम्की चुहा नगरपालिकाका अर्जुन शाह घाइते भएका छन् । दुर्घटनाबाट घाइते विस्नालाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएको डीएसपी चौधरीले बताए । उनका अनुसार चालक शाहको वीरेन्द्रनगरस्थित देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः   २९ भाद्र २०७५, शुक्रबार १५:०८