कृषक लाभान्वित हुने काम गर्न सुझाव
साझा बिसौनी संवाददाता
सुर्खेत, २७ भदौ ।
कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले कृषकहरू लाभान्वित हुने गरी काम गर्न राष्ट्रिय बीमा कम्पनीलाई सुझाव दिएका छन् । बुधवार वीरेन्द्रनगरमा कम्पनीको शाखा कार्यालय उद्घाटन गर्दै प्रदेश प्रमुख खनालले यस्तो सुझाव दिएका हुन् ।
व्यवसायिक र आर्थिक उन्नतिका लागि कम्पनीले कर्णाली प्रदेशका सम्पूर्ण किसान एवम् व्यवसायी र व्यापारीहरूले उठाउने गरेको जोखिमलाई कम गर्दै उनीहरूको समृद्धिका लागि काम गर्नुपर्ने प्रमुखले खनालले बताए । उनले भने, ‘हाम्रो देश कृषिप्रधान भएकाले पनि खेती किसानी गर्ने किसानले बेला–बेलामा प्राकृतिक प्रकोप र रोगको
महामारीबाट कराडौंको क्षति ब्यहोर्नु परेको छ । अबका दिनमा यो संस्थाले किसानका उत्पादन र पशुपंक्षी पालनमा बीमा गरेर किसानको क्षतिपूर्ति गर्ने व्यवस्था गर्न सक्यो भने किसानहरू व्यवसाय गर्नपछि नपर्नेमा उनको जोड थियो ।
पछिल्लो समय नेपालमा मासु व्यवसायका लागि माछा र कुखुरा पालनको व्यवसाय साना–ठूला सबै किसानले गर्ने गरेको बताउँदै भन्दै खनालले अकस्मात आउने कुनै रोग र प्राकृतिक प्रकोपले किसानले उठाउनै नसक्ने क्षति व्यहोर्नु परेकोले अब यो
बीमा कम्पनीले ती व्यवसायीको व्यवसाय बचाउन मद्दत गर्ने बताए । खेती वा पशुपालनमा बीमा हुनसक्यो भने व्यवसायी तथा किसानहरू ढुक्क भएर व्यवसायमा लागि आर्थिक समृद्धि गर्नेमा प्रदेश प्रमुखले जोड दिएका थिए ।
सोही अवसरमा प्रमुख खनालले कम्पनीको तर्फबाट डुङ्गेश्वर गाउँपालिकास्थित चौतारा माध्यमिक विद्यालयलाई उपलब्ध गराएको ५० हजार रूपैयाँको चेक प्रधानाध्यापकलाई हस्तान्तरण गरेका थिए । बीमा कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्यायको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बीमा कम्पनीको पहूँच सम्पूर्ण स्थानीय निकायसम्म पु¥याउँदै यसका क्रियाकलाप जनताको पक्षमा हुनुपर्ने बताए ।
कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्यायले बाली तथा पशुपालनमा उत्पन्न हुने जोखिम न्यूनीकरण गरी आर्थिक गतिविधि गर्न र किसानलाई सहयोग गर्न सरकारी बीमा कम्पनी सुर्खेतमा स्थापना गरिएको बताए । यो प्रदेशकै समृद्धिका लागि कम्पनिले जनता माझ गएर काम गर्ने उनले बताए ।
साझा बिसौनी संवाददाता ।