यात्रुमाथि अभद्र व्यवहार गर्ने सात जना पक्राउ
साझा बिसौनी संवाददाता
सुर्खेत, २७ भदौ ।
सुर्खेत बसपार्कमा यात्रुहरूमाथि अभद्र व्यवहार गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार जिल्ला प्रहरी कार्यालय सुर्खेतले यात्रुलाई बसपार्कमा यात्राका लागि असहज वातावरण सिर्जना गर्ने उनीहरूलाई पक्राउ गरेको हो ।
बसपार्क आएका याुत्रहरूलाई तानातान गर्ने र आफूसँग नआउने यात्रुलाई अभद्र व्यवहार गर्ने कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मंगलवार बिहान र बुधवार बिहान लगातार दुईदिन प्रहरीले सवारीका कर्मचारीलाई यात्रुसँग अभद्र व्यवहार गरिरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो ।
मंगलवार साँझ वीरेन्द्रनगर–९ का २५ वर्षीय चक्रबहादुर शाही, कालिकोट खाँडाचक्र नगरपालिका–१ का २३ वर्षीय अर्जुन मल्ल, सुर्खेतको गुर्भाकोट नगरपालिका–६ का १८ वर्षीय महेश सोमैमगर, जुम्ला डुम्रीका १९ वर्षीय रमेश शाही र अछामको तुर्मखाँद गाउँपालिका–७ का १८ वर्षीय नमराज न्यौपानेलाई यात्रुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै बुधवार बिहान वीरेन्द्रनगर–९ का २८ वर्षीयनकेन्द्र खत्री र ३८ वर्षीय सन्दीप परियारलाई यात्रुसँग विवाद गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका बसका कर्मचारीलाई कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीको भनाइ छ । लामो समयदेखि यात्रुले बस व्यवसायी र कर्मचारीले अभद्र व्यवहार गर्ने गरेको गुनासो गरेपछि बसपार्कमा निरन्तर निगरानी गरिएको डीएसपी चौधरीले बताए ।
साझा बिसौनी संवाददाता ।