वृद्धाश्रममा आश्रितलाई दर

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ भदौ ।
प्रशान्ति वृद्धाश्रम लाटीकोइलीमा आश्रित ज्येष्ठ नागरिकहरूलाई मंगलवार तीजको अवसर पारेर दर खुवाइएको छ । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ शनी रिसोर्ट सुर्खेतले वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरूलाई तीज विशेष कार्यक्रमको आयोजना गरी दर खुवाएको हो ।
अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि आश्रमका वृद्धवृद्धाहरूलाई दर खुवाइएको रिसोर्टका जनरल म्यानेजर सौगात न्यौपानले जानकारी दिए । रिसोर्टले हरेक वर्ष विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आएको भन्दै न्यौपानले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।