आगन्तुक विद्यार्थीलाई स्वागत

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ भदौ ।
एड्भान्स वेटर इङ्गलिस मिडियम सेकेण्डरी स्कुलले आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । विद्यालयले आइतवार एक कार्यक्रमको आयोजना गरी नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो ।
यसै शैक्षिक सत्रदेखि कानून विषय अध्यापन अनुमति पाएको विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई स्वागत गरेको हो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताइन् । विगतको जस्तो घोकन्ते शिक्षा प्रणालीले वर्तमान दक्ष जनशक्तिको मागलाई धान्न नसक्ने भन्दै उनले प्राविधिक शिक्षालाई जोड दिन आग्रह गरिन् । उनले प्रदेश सरकारले शिक्षा क्षेत्रको सुधारका लागि बनाउने ऐन नियम र कानून कर्णालीको शिक्षा क्षेत्रको सुधारका लागि हुने बताइन् ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले शैक्षिक गुणस्तरयुक्त जनशक्तिले बजारको मागलाई सम्बोधन गर्न सक्नुपर्ने बताए । उनले गुणस्तरीय र प्राविधिक शिक्षा वर्तमानको आवश्यकता भएको बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर, वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका प्रबन्ध निर्देशक जीवन शाहीले गरेका थिए ।

प्रकाशित मितिः   २५ भाद्र २०७५, सोमबार १८:१०