चन्द्रपुरको साधारणसभा

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ भदौ ।
चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगरको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा दुई करोड ६९ लाख बराबरको कारोबार गरेको सभामार्फत् जानकारी दिइएको छ ।
संस्थाका कोषाध्यक्ष भुवानीप्रसाद आचार्यका अनुसार एक करोड ८१ लाख २५ हजार ऋण असुली, तीन लाख २७ हजार शेयर पूँजी प्राप्त, ४२ लाख ८३ हजार बचत निक्षेप, २१ लाख ५३ हजार ब्याज असुली भएको छ । खर्च कटाएर १३ लाख ७१ हजार रूपैयाँ बैंक मौज्दात रहेको जनाइएको छ ।
साधारणसभा संस्थाका अध्यक्ष खडानन्द ढकालको अध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सचिव यामप्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मितिः   २५ भाद्र २०७५, सोमबार १८:१०