थुनुवालाई चुरोट दिन खोज्ने पक्राउ

सुर्खेत, २३ भदौ । (साबिस)
जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनामा रहेका बन्दीलाई भेट्न आउने एक जना पक्राउ परेका छन् । प्रहरी थुनामा रहेका बन्दीलाई चुरोट पु¥याउने क्रममा वीरेन्द्रनगर–३ यरीचौकका २५ वर्षीय लालबाहादुर बुढा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लागू औषध मुद्दाका प्रतिवादी मिलन राना मगरलाई भेट्न आएका उनको साथबाट प्रिती चाउचाउभित्र चुरोट बराद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी श्यामसिंह चौधरीले बताए ।
थुनुवालाई दिन ल्याएका प्रिती चाउचाउको पोकामा फोडेर हेर्दा १६ खिल्ली चुरोट बरामद भएको उनले जानकारी दिए । बुढालाई अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ ।

प्रकाशित मितिः   २४ भाद्र २०७५, आईतवार १५:२०