अध्यक्षमा देवकोटा

सुर्खेत, २३ भदौ । (साबिस)
भेरी कर्णाली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रामप्रसाद देवकोटा चयन भएका छन् । सहकारीको छैठौं अधिवेशनबाट देवकोटाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा मोतिप्रसाद चपाईं, सचिवमा नारायणकुमार चपाईं र कोषाध्यक्षमा दुर्गा चपाईं चयन भएकी छन् ।
सदस्यहरूमा तिलक बस्नेत, अम्बिका घर्ती क्षेत्री, चन्द्र केसी, रुद्रबहादुर चन्द, विन्दु नेपाल रहेका छन् । यस्तै, बालानन्द पोखरेलको संयोजकत्वमा तीन सदस्यीय लेखासमिति चयन गरिएको छ । जसमा धनवीर बुढा र नवराज कोइराला सदस्य चयन भएका छन् ।

प्रकाशित मितिः   २४ भाद्र २०७५, आईतवार १५:१९