मोडेल कलेजमा होटेल म्यानेजमेन्ट

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ भदौ ।
निजीस्तरबाट सञ्चालनमा रहेको सुर्खेत मोडेल कलेजले व्यवस्थापन संकायका विषयहरू थप गरेको छ । यसै शैक्षिक शत्रबाट अध्ययन अध्यापन हुने गरी व्यवस्थापन संकायमा दुई वटा विषय थप अध्ययन गराउने भको हो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको कलेजले सेमेस्टार शिक्षा प्रणालीमा स्नातक सूचना÷प्रविधि व्यवस्थापन (बीआईएम) र होटेल म्यानेजमेन्ट (बीएचएम) विषयमा भर्ना लिने भएको हो । व्यवस्थापन शिक्षामा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गर्दै कलेजले चार वर्षे नयाँ कार्यक्रम लागू गरेको जनाएको छ । क्याम्पस प्रमुख गणेश आचार्यले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले नयाँ कार्यक्रम लागू गरिएको बताए । नयाँ विषयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी होटल म्यानेजमेन्ट र सूचना प्रविधि सम्बन्धी शैक्षिक कार्यक्रम थप गरिएको बताए ।
डा. देविराम अधिकारीले कर्णाली प्रदेशमा होटेल व्यवस्थापन र पर्यटन विषय अध्ययन गर्नेहरूका लागि थुप्रै अवसरहरू रहेको बताए । उनले पर्यटकहरू नेपाल भित्रिने क्रम बढेकाले पर्यटकीय
सम्पदाको संरक्षण र प्रवद्र्धन हुनसके देशको आर्थिक अवस्थामा समेत सुधार आउने बताए । प्राविधिमा आधिरिक शिक्षाले मात्रै दक्ष जनशक्ति उत्पादन हुने भन्दै उनले कर्णालीमा अध्ययनरत विद्यार्थीलाई लाभ लिन आग्रह गरे ।

प्रकाशित मितिः   २४ भाद्र २०७५, आईतवार १५:१९