विराटसँग अलग्गिएको अनुष्काको घोषणा

एजेन्सी- भारतको चर्चित क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्मा  एक हुने हल्ला चलिरहेका बेला अनुष्काले बिराटसँग सम्बन्ध स्थापित हुन नसक्ने बताएकी छन्। उनले भनेकी छन्, ‘बिराट कोहलीको साथ मेरो कुनै सम्बन्ध हुने छैन्। किनकी उनीमाथि मेरो विश्वास टुटिसकेको छ।’

विराटले पुन: मायामा धोका दिन सक्ने भन्दै अब उसको लागि समय नभएको अनुष्काले बताएकी हुन् । अनुष्का अहिले दुईवटा फिल्मको सुटिङमा व्यस्त छिन्।

अनुष्का शर्मा आफ्नो करियरमा ध्यान केन्द्रित गराउन चाहन्छिन्। सामाजिक सञ्जालमा अनुष्काको मजाक उडाउनेलाई विराटले झपारेको थाहा पाएपछि अनुष्का उनीसँग झन रुष्ट भइन्। यसले उनीहरुबीचको सम्बन्ध झन बिग्रिने अनुमान भारतीय सञ्चार माध्यमहरुले गरेका छन्। उनी अहिले विवाहबारे सोच्न छोडेर करियर बनाउनतिर लागि परेकी छन्। तर विराट उनको यो निर्णयमा राजी छैनन् ।
टी-२० विश्वकपका क्रममा अनुष्काले विराटलाई शानदार प्रदर्शनको लागि बधाई दिएको कुरा बाहिर आएको थियो । भारतीय सञ्चारमाध्यमले उनीहरुबीच अहिले पनि म्यासेज आदानप्रदान भइरहेको खबर दिइरहँदा अनुष्काले विराटबारे मुख खोलेकी हुुन् । 

प्रकाशित मितिः   २३ चैत्र २०७२, मंगलवार १३:३३